नेपाल घरेलु मैदानमा म्यानमारसँग इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि भिड्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ६ बजे यी दुई टोली बीचको खेल हुनेछ । नेपाल र म्यानमार अपराजित रहँदै फाइनलमा पुगेका हुन् । म्यानमारले लिग चरणमा लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले हराएको थियो, जबकि नेपालले समान १–० को जित निकाल्दै यी दुईलाई पराजित गरेको थियो ।
यद्यपि, म्यानमार गोल संख्याको आधारमा शीर्ष स्थानमा रहन सफल भयो, जबकि नेपाल दोस्रो स्थानमा रह्यो । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगितामा अबसम्मको प्रदर्शन राम्रो भएको बताउनुभयो ।
नेपाल र म्यानमारको यो पाँचौं भेट हुनेछ । सन् २०१८ मा यी दुई टोली एसियन ओलम्पिक छनोटका क्रममा भिडेका थिए, र १–१ को बराबरीमा चित्त बुझाएका थिए । त्यसपछि म्यानमारले ३–१ को जितमा नेपाललाई पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्