२०८१ श्रावण १२
                           

बागमती प्रदेश सभाको अधिवेशन आजबाट सुरु हुँदै 

बैशाख ३१ । बागमती प्रदेश सभाको अधिवेशन आजबाट सुरु हुँदै छ । बजेट अधिवेशनको रूपमा रहेको प्रदेश सभाको अधिवेशन दिउँसो १ बजे सुरु हुनेछ ।

अधिवेशनको पहिलो दिन प्रदेश सभाको अधिवेशनको सफलताको लागि दलीय रूपमा नेताहरूले शुभकामनाका दिने कार्यक्रम रहेको प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

बैठकमा प्रदेश सरकारले जारी गरेको उच्च शिक्षा ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ । अधिवेशनको यस अवधिमा प्रदेश सरकारको आगामी बजेटको सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट ल्याउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्