२०८१ श्रावण १२
                           

आफ्नै खर्चमा पशु प्राविधिकहरुले सञ्चालन गरे कृतिम गर्भधारण अभ्यास तालिम

भदौ २८ – पाँचपोखरी थाङ्पाल गाँउपालिका पशु सेवा शाखाले कृतिम गर्भधारणका लागी प्रयोगात्मक अभ्यास तालिम सञ्चालन गरेको छ । गाँउपालिका पशु सेवा शाखा र आठै वडाका पशु प्राविधिकहरुको पहलमा प्रत्येक प्राविधिक बाट रु दुई हजार संकलनगरि १८ दिने प्रयोगात्मक अभ्यास तालिम सञ्चालन गरेका हुन् ।
भदौ १३ गते बाट सुरु गरिएको अभ्यास भदौ ३१ गते सम्म सञ्चालन हुने वडा नं ४ का पशु प्राविधिक फुन्चोक लामाले जानकारी दिनुभयो । स्थानिय गाईलाई प्रयोगात्मक अभ्यासका लागी प्रयोग गरिएको र उक्त गाई बाट नै परिक्षण गरिने लामाले बताउनु भयो ।
गाँउपालिका भित्रै कृतिम गर्भधारण सफल गराउनका लागी वडाका पशु प्राविधिकहरुलाई दक्ष बनाउन अभ्यास तालिम सञ्चालन गरेको गाँउपालिकाका पशु सेवाशाखाका प्रमुख माईसिङ् थोकरले बताउनुभयो । थोकरका अनुसार गाँउपालिका भित्रमा कृतिम गर्भधारण गराउनका लागी लाईसेन्स प्राप्त दक्ष प्रविधिक दुई जना मात्र रहेकाले बाँकी प्रविधिकहरुलाई लाईसेन्स प्राप्त गराउन पहल गरिने पनि उल्लेख गर्नु भयो । “विगतदुई वर्ष अगाडि देखी नै यो अभ्यास सञ्चालन गर्ने योजना थियो तर विश्वभर फैलिएको महामारी कोभिड १९ का कारण बजेट फ्रिज भई कार्यान्वयन गर्न सकिएन । यस आर्थिक वर्षमापशु सेवाविभाग केन्द्र बाट रु दुई लाखपचास हजार र गाँउपालिका बाट रु पचास हजार छुट्याएको छ । उक्त बजेट ‘ए. आई तालिमकालागी खर्च गरिने छ” उहाँले भन्नुभयो ।
त्यस्तै उन्नत जातका पशु उत्पादान पशु, दुध, मासु उत्पादनका लागी कृतिम गर्भधारण निकै फलदायी हुने पशु प्रविधिक दिपेन्द्र दुलालले बताउनु भयो ।साथै परम्परागत रुपमा पशुपालन गर्दै आएका किसानहरुलाई पशुपालनव् यवसाय गर्न सहज हुने र यस कार्य बाट गाँउपालिकाले पशु सेवा क्षेत्रमा एउटा नयाँ फड्को मार्ने विश्वास रहेको उहाँले जिकिर गर्नुभयो । त्यस्तै उहाँले पशु सेवाशाखा अन्र्तगत बाट किशान लक्षित विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्