२०८१ श्रावण १२
                           

पाँचपोखरीलाई स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्र हस्तान्तरण

बैशाख २८, सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको स्थानिय स्तरको विपद् समितिको बैठक बसेको छ । अष्ट्रेलियन सरकारको आर्थिक सहयोग, प्राक्टिकल एक्सन र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको साझेदारी र पाँचपोखरी थाङपाल गाँउपालिकाको सहकार्यमा सञ्चालित जलवायुजन्य जोखिम न्युनीकरणका लागि सामुदायिक केन्द्रीत पहिरो पूर्व सुचना प्रणालीका बारेमा छलफल भएको थियो ।

(CC-L-EWS) परियोजना अन्तर्गत नेपाल सरकारको स्थानीय आपतकालीन सञ्चार प्रणालीको तहगत आबद्धता र सञ्चालन मापदण्ड २०७५ अनुसार स्थापना गरिएको स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्र हस्तान्तरण गरिएको छ । स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्र १७ लाख ३० हजार ३६९ रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

सामुदायिक विकास तथा वातावरण संरक्षण मंचका कार्यकारी निर्देशक गोविन्द सापकोटाले गाउँपालिका अध्यक्ष लामालाई केन्द्र हस्तान्तरण गरे ।

पाँचपोखरी थाङपाल गाउँपालिकामा आपतकालिन केन्द्र संचालनका लागि आवश्यक सामग्रीहरु वडा स्तरमा पनि माग बमोजिम सामग्री व्यवस्थापन र यस केन्द्र सञ्चालनमा ल्याउनका लागि बहुप्रकोपीय कृतिम घटना अभ्यास प्रत्येक वडा स्तरमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना परिमार्जनका लागि CDECF लााई  प्रविधिक सहयोग अनुरोध गर्ने, हावापानि मापन केन्द्र स्थापना भएका तर हेरालुको व्यवस्थापन गर्नका लागि पालिकाले सेवासुविधा दिने सम्बन्धमा पालिकाबाट नै आगामी आ.व. २०८१/८२ को बजेट व्यवस्था गर्ने , प्राम्भिक प्रतिवेदन पारित गर्ने, पुर्वसूचना प्रणाली स्थापना तथा संचालनका लागि साझेदारी संस्थाहरुसंग सहकार्य गर्नका लागि आ.व. २०८१/ ८२ को बजेट व्यवस्था गर्ने र पुर्वसुचना प्रणाली स्थापना तथा संचालनका लागि साझेदारी संस्थाहरुसंग सहकार्य गर्न आ.व. २०८१/२०८२ को बजेटमा व्यवस्था गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष टाशी लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्