रसुवा बाढीमा परेका सिन्धुपाल्चोकका दुई सय २४ जना अझै सम्पर्कविहीन अवस्थामा छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले दिएको जानकारीअनुसार दुई सय २४ सिन्धुवासी हालसम्म वेपत्ता छन् ।
कैलाशमान शरोवर जाने विदेशीका गाइड र भरिया, व्यापारी, गोसाइकुण्ड गएका तीर्थयात्री, हाइड्रोपावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालयआसपास व्यापारिक काम गर्ने नागरिक सम्पर्कमा छैनन् ।
घिमिरेका अनुसार भोटेकोसी गाउँपालिकाका७०, बाह्रबिसे नगरपालिकाका ५८, बलेफी गाउँपालिकाका ३४, जुगलका १५, सुनकोसीकाका १४, चौतारा साँगाचोकगढी नगरपालिकाका १२ लिसंखुपाखरका ३ र अरु स्थानका १८ जनासमेत बेपत्ता छन्।
भोटेकोसीका तीनजना घाइतेलाई काठमाडौं ल्याइएको छ । उद्धारपछि घर फर्कने क्रममा रहेका सिन्धुवासीलाई जिल्लासम्म ल्याउन बाह्रबिसे नगरपालिकाले तीनवटा बस रिजर्भ गरेर गल्छी पठाएको छ । बाह्रबिसे नगरका प्रमुख बालकृष्ण बस्नेत घाइतेलाई सहायता गर्न काठमाडौंको टिचिङ र वीर अस्पताल पुगेका छन् ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस्