वैशाख २० । नेपाल पत्रकार महासघको निर्वाचन जेठ १९ गते हुने भएको छ । महासंघको केन्द्रीय समितिको विहीबार बसेको बैठकले चुनाव मिति तोकेको हो ।
आउदो जेठ १९ गते केन्द्र, प्रदेश, सबै जिल्ला र एशोसिएटको निर्वाचन एकै दिन गर्ने बैठकले निर्णय गरेको महासंघले जनाएको छ ।
सो बैठकले यहि बैशाख मसान्तभित्र सदस्यता टुंगो लगाउने निर्णय पनि गरेको छ ।
केहि जिल्ला र प्रदेशको अधिवेशन बाँकी छ । तर नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशन भने शुक्रबार र शनिबार राष्ट्रिय सभागृह काठमाण्डौं हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्