२०८१ श्रावण १२
                           

मेलम्चीमा विपद् तथा मनसुनको प्रतिकार्यका लागि तालिम सुरु

सिन्धुपाल्चोक ,२४ चैत

विपद् तथा मनसुनको प्रतिकार्यका लागि २ दिने तालिम मेलम्चीमा सुरु भएको छ ।USAID – BHA  को आर्थिक सहयोग , प्राक्टिकल एक्सन र सामुदायिक विकास तथा वातावरण मञ्च ९सिडिइसिएफ्० को साझेदारी र जल तथा मौसम विभाग सँगको सहकार्यमा शुक्रबार बाट दुईदिने तालिमको सुरुवात भएको हो ।

मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका सँगको समन्वयमा समुदायमा आधारीत पूर्व सुचना प्रणाली परियोजना अन्तरगत सामुदायिक विपद् व्यवस्थापन समिति अन्तरगतको विभिन्न कार्यदल मध्ये पुर्वसुचना प्रणाली कार्यदललाई तालिम प्रदान गरिने गुरुङले बताउनुभयो । तालिमको उद्घाटन सत्रमा ईलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक नवराज सापकोटा , मेलम्ची नगरपालिकाका विपद् फोकल पर्सन सुजन दुलाल, जलवायु विज्ञ तथा प्राक्टिकल एक्सनका विपद र उत्थानशिल प्रमुख, डा। धरमराज उप्रेती लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।

समुदायको क्षमता अभिवृद्धि गरि विपदको पुर्वतयारी तथा प्रतिकार्य गरिने उद्देश्यले तालिमको सुरुवात गरिएको परियोजना अधिकृत गुरुङले बताउनुभयो । तालिममा १४ वटा सामुदायिक विपद् व्यवस्थापन समिति कार्यदलका ४६ जना सदस्यहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्