२०८१ श्रावण १२
                           

चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने एसईई को तयारी पुरा

राष्ट्रिय परीक्षा बोर्डले आउदो चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ वटा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।

परीक्षाका लागि आवश्यक प्रश्नपत्र ७६ वटा जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको र काठमाण्डौ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाउने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । यस वर्ष देशभरबाट झन्डै पाँच लाख जना विद्यार्थी एसईईमा सहभागी हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्