२०८१ श्रावण १२
                           

अनेरास्ववियूको जिल्ला संयोजकमा लामा

चौतारा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जिल्ला कमिटी सिन्धुपाल्चोकको संयोजकमा मिलन लामा चयन भएका छन् ।

काठमाडौंमा गएको पुस २७ र २८ मा बसेको एकता पछिको पहिलो बैठकले सर्वसम्मत निर्णयबाट अनेरास्ववियू सिन्धुपाल्चोकको संयोजकमा लामालाई चयन गरेको हो । त्यस्तै सहसंयोजकमा हिरा चौलागाईं चयन भएका छन् ।  संयोजकमा चयन भएलगत्तै लामाले शिक्षा क्षेत्रमा भएका विसंगतिहरुलाई न्यूनिकरण गर्दै जीवन उपयोगि, प्राविधिक र माटो सुहाउँदो शिक्षाप्रणाली लागु गराउन आफू हरदम लागिपर्ने बताए । ‘अहिलेको शिक्षा जीवन उपयोगि हुनुका साथै श्रम र आयआर्जनसँग जोडिने खालको हुनुपर्दछ’, उनले भने– ‘त्यसलाई कार्यान्वयन गराउन म मेरो कार्यकालभर लागिपर्नेछु ।’

लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय लामा एकता पूर्व अखिल क्रान्तिकारीका अध्यक्ष थिए । उनी चौतारा बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन् । त्यस्तै सहसंयोजक चौलागाई अनेरास्ववियुका जिल्ला अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्