२०८१ श्रावण १२
                           

क्यूएए को प्रमाणपत्र प्राप्त गरेको खुशियालीमा चौतारा बहुमुखी क्याम्पसले गरे र्याली तथा प्रचारात्मक कार्यक्रम

चैत्र ५, चौतारा । सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) को प्रमाणपत्र प्राप्त गरेको अवसरका आज बृहत र्याली प्रदर्शन गर्दै प्रचारात्मक कार्यक्रम गरेको छ । क्याम्पसले (क्यूएए) को प्रमाणपत्र पाएको खुशियालीमा क्याम्पस प्राङगणदेखि चौतारा मिनिरंगशाला नजिक पिपलबोटसम्म पुगेर र्याली कोणसभामा परिणत भएको थियो । र्यालीमा शिक्षक, विद्यार्थी, अविभावक, जनप्रतिनिधि र पत्रकार लागायत सहभागी भएका थिए । साथै रयलीमा नेवारी धिमे बाजा, ब्यान्ड बाजा, खैचडी भजन पनि प्रस्तुत थियो ।

क्याम्पसका प्रिन्सिपल नगेन्द्र प्रसाद दंगालले खुशि ब्यक्त गर्दै क्याम्पसले गुणस्तरीय शिक्षालाई आफ्नो लक्ष्य बनाएर अगाडि बढेकाले विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रमाणीकरण गरेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा चौतारा बहुमुखि क्याम्पस अब्बल रहेको यसले प्रमाणित गरेको बताए ।
शिक्षाको गुणस्तर राम्रो भएको, विद्यार्थी सङ्ख्या उल्लेख्य भएका, भौतिक संरचनाको अभाव नभएका, दक्ष जनशक्ति भएका लगायत तोकिएको मापदण्ड पूरा गरेका कलेजलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्रमाणपत्र प्रदान गरिन्छ ।

प्रत्यायन (क्यूएए) प्रमाणीकरण भएसंगै अब चौतारा बुहमुखी क्याम्पसबाट प्रदान गरिने सर्टिफिकेट अन्तराष्टिय मान्यता प्राप्त गर्नेछ । त्यस्तै क्याम्पसमा स्नातक तहका एक विद्यार्थी उत्तिर्ण भएसंगै प्रतिव्यक्ति बार्षिक ३५ हजारको दरले अनुदान आउने छ । आयोगले अहिलेसम्म देशभरिका साढे ६ सय भन्दा बढी सामुदायिक कलेज मध्य १ सय वटा कलेजलाई क्यूएए प्रमाणीकरण गरिसकेको छ ।
त्यस्तै क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष कृष्णराज श्रेष्ठले क्याम्पसका शिक्षक, विद्यार्थी र कर्मचारीको अथक मेहनतका कारण क्यूएए पाएको बताए । यसैगरी वडा नं ५ का वडाध्यक्ष शिव श्रेष्ठले यस बहुमुखी क्याम्पसले (क्यूएए) प्राप्त गर्नुमा जिल्लाकै गौरवको कुरा भएको भन्दै खुशि ब्यक्त गरे । शिक्षालाई अझ गुणस्तर बनाउदै लैजानुपर्नेमा उनले जोडदिए । आजको र्याली तथा प्रचारत्मक कार्यक्रम विविध जातजातिका बाजागाजा सहित उत्साहका साथ सम्पन्न भएको छ ।

तविरहरु

प्रतिक्रिया दिनुहोस्