२०८१ श्रावण १२
                           

साँस्कृतिक पर्व सोनाम ल्होसार र मनाउने तरिका

साँस्कृतिक पर्व सोनाम ल्होसार र मनाउने तरिका

मिलन तामाङ (पाख्रीन)

मिलन तामाङ (पाख्रीन)

                                                                   ल्हो : जिवा (मुसा) २८५६

                                                                   खाम : च्याक (फलाम)

                                                                   बर्ष : सेतो पुरुष

 “संयौ थुँगा फुलका हामी एउटै माला नेपाली भन्ने हाम्रो राष्ट्रिय गानको भावलाई सार्थकता पार्नका लागि हामीसँग रहेका सबै थरिका फुलहरुलाई एउटै सुन्दर मालामा उन्न हामी लागी परौ र यसलाई नेपालको संबिधान २०७२ ले स्पष्ट पारिसकेको छ । यदि धर्म, जाति र क्षेत्र बिशेषको बिभेद र छुवाछुतको ब्यबहार कसैले गर्छभने त्यो संबिधान बिरोधी हुनेछ र त्यो कार्वाहीको भागीदार हुनेछ । अहिले अवस्था फेरिएको छ । नेपालको बिभिन्न कालखण्डमा भएको राजनीतिक आन्दोलन पश्चात नेपालको संबिधान २०७२ प्राप्तसँगै संमृद्ध नेपाल सुखी नेपाली नारासँगै अहिलेको सरकार अगाडी बढेको छ । संमृद्ध नेपाल र सुखी नेपाल बन्नका लागि राज्यले सबै धर्म, जाति, क्षेत्र र लिंगको समान अधिकार र उसको भाषा संस्कृतिको समान ब्यबहार गर्नुपर्दछ यो कुरा संबिधानले स्पष्ट पारेको छ । भाषा, धर्म, कला र संस्कृतिको संरक्षण एवं बिकास हुनु भनेको मुलुक समृद्धितर्फ लम्कनु हो र सबै जाति र समुदायले मान्ने साँस्कृतिक चाडपर्व त्यो समुदायको अभिन्न अंग हो भन्ने बुझ्नुपर्दछ । र केहि कुराहरु बाहेक राज्यको हेर्ने दृष्टिकोण र गर्ने ब्यबहार सकरात्मक रहेको छ । बाँकी रहेको असमनताको बिषयहरुमा हाम्रा नेताहरुले कुशलता, बुद्धिमता र चतुरता प्रस्तुत गर्न जरुरी छ । राज्य र जनस्तरबाटै एकअर्काको साँस्कृतिक चालचलन, रीतिरिवाजको सम्मान गर्ने असल परम्पराको बिकास गरौ र गरिनुपर्दछ । कानुनले नै बर्जित गरिसकेको छुवाछुतको ब्यवहार कसैले गरिन्छ भने यस्ता बिभेदकारीलाई निमिट्यान्न पार्न हामी सबै लाग्नु पर्दछ । त्यसो गर्नको निम्ति सहिष्णुताका स्तर थप कसिलो हुन जरुरी छ । हामी एउटै मुलुकका नागरिक हौ । नेपालमा मनाइने सबैखाले चाडपर्वले भाइचरा अभिबृद्धि सहिष्णुता बलियो पार्ने मुल कडि हो भन्ने बुझ्न जरुरी छ । तसर्थ जनस्तरबाटै सबैखाले पर्वमा आफ्नो सम्मान घनीभुत ढंगमा ब्यक्त गर्न जरुरी छ ।

संस्कृतिको महत्वः “जीवनको महत्व त्यो बेला थाहा हुन्छ जुन बेला आफ्नो भाषा संस्कृतिको लागि जागरुक हुन्छौ । भाषा, संस्कृति बिना हामीले भौतिक रुपमा जतिसुकै सफलता हात पारेता पनि परिवेशमा कुनै लाभ हुदैन । भाषा संस्कृति हरेक समुदायको पहिचान हो र हामी सबैको पहिचान हो । आफ्नो मौलिक भाषा र संस्कृति बिनाको समुदाय अपुर्ण र अस्तित्व बिहिन हुन्छ । हामीले हाम्रो कला भाषा, संस्कृतिलाई भुल्यौ भने हाम्रा सन्ततिले भोली हामीलाई भुल्नेछन् र हाम्रा सन्तति र आफन्त बिचका पारस्पारिक सम्बन्धको डोरीपनि चुडिनेछ । संस्कृति कुनै देश वा काल विशेषको उपज होइन यो त एउटा शश्वता प्रकृया हो । संस्कृति हाम्रो जीवनसँग गाँसिएको छ र यो कुनै बाह्या बस्तु होइन । संस्कृति बिना हामी हुदैनौ । संस्कृति परम्पराबाट, विश्वासबाट, जीवनको शैलीबाट, अध्यातिमक पक्षले, भौतिक पक्षले निरन्तर गाँसिएको हुन्छ । यसले हामीलाई जीवनको अर्थ र बाँच्ने तरीका सिकाउछन् । हामी नै संस्कृतिको निर्माता हौ र साथै संस्कृतिले हामीलाई मानिस बनाउँछ । त्यसकारण भाषा संस्कृति मानब जातिको प्रमुख अंग हुन यि सम्पुर्ण अंगहरुको संरक्षण र बिकास गर्नुपर्दछ । र राज्यले बिभिन्न समुदायहरुको धर्म र संस्कृति अनुसारको चाडपर्व तथा रीतिरिवाजलाई साझा सम्पतिको रुपमा  स्वीकार्नु पर्दछ ।

सोनाम ल्होसार

ल्होसार

यहि माघ ११ गते तद्नुसार सन् २०२० को जनवरी २५ मा नेपाल तथा विश्वका बिभिन्न मुलुकहरुमा हर्सोल्लका साथ सोनाम ल्होछार/लोसार २८५६ तथा जिवा (मुसा बर्ष) ल्हो  मनाउदै छ ।

ल्होछार र लोसार दुबै शब्दले तत्वीक चन्द्र नयाँ बर्षलाई बुझाउछ । यसै गरि ल्हो शब्दले सम्वत, सम्वतसर, साल बर्ष, ऋतु, उमेर बुझाउने १२ वटा जीवजन्तुहरुको नाममा तत्वीक बर्षचक्रलाइ बुझाउँछ । खगोलसास्त्रको प्रयोग तथा यसको आधारमा बर्ष, महिना, दिन, समय आदिको गणना गर्ने र त्यसैको आधारमा बर्ष फेरिने पर्व ९नयाँ बर्ष उत्सव० मनाउने प्रचलन नेपालको सम्पुर्ण उच्च पहाडी हिमालय क्षेत्र, चीन, चीनको स्वशासित प्रदेश तिब्बत, मंगोलिय, सिंगापुर, मलेशिया, कोरिया, जापन, भियतनाम, कम्बोडिया, थाइल्याण्ड, बर्मा, श्रृलंक, भुटान लगायत भारतको लदाख, दार्जिलिङ, सिक्किम्, अरुणचल प्रदेश, हिमालचल प्रदेश आदि स्थानहरुमा बडो महत्वकोसाथ मनाउने गरिन्छ ।

त्यसकारण यो अन्तराष्ट्रिय रुपमा नै मनाउने उत्सवको रुपमा लिने गरिन्छ । तसर्थ नेपालको शेर्पा, सीङसा, लोमी, भुटीया, भुटानी लगायत चीनीया तिब्बती भाषाको नयाँ बर्षलाई बुझाउने लोसार र नेपालको तामाङ तथा गुरुङ भाषाको ल्होछार अनि चीनीया हान भाषाको सिनीयन युवान शब्दले खगोलसास्त्रमा आधारित चन्द्रपात्रो अनुसार बर्ष फेरिने दिन अर्थात चन्द्र नयाँ बर्ष उत्सव मनाउने दिनलाई बुझाउछ । तत्वीय खगोलशास्त्रको बर्ष, महिना, दिन, समय आदि गणना गर्ने परम्परालाई तामाङ, शेर्पा, ह्योल्मो लगायत चीनिया तिब्बती भाषामा ज्युङची तथा नम्ची भनिन्छ ।

खगोलशास्त्र तथा ज्योतिषशास्त्रको रचना र प्रयोग परम्परागत पाँच तत्वहरु ९१० काठ ९२० आगो ९३० पुथ्वी, ९४० धातु, ९५० पानी स्त्री पुरुष अर्थात यीङ र याङको संयोजनको आधारमा गणना गरिने तत्वीक बर्षहरु जो बिभिन्न १२ वटा जीवजन्तुहरु क्रमसः  मुसा, गोरु, बाघ, खरायो, ड्राइगन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, बँदेलको नाममा नामकरण गरेको हुन्छ । यही १२ वटा तत्वीक बर्षहरुको एउटा ल्होखोर्लो बर्ष चक्र हुन्छ । यही बर्ष चक्रको एउटा जीव वा तत्वीक बर्षबाट अर्को जीव वा तत्वीक बर्ष फेरिने दिनलाई नै नेपालमा शेर्पा, तामाङ, ह्योल्मो अन्य समुदायले लोसार भनिन्छ । यहि दिनलाई चीनियाहरुले युवान दिन भनेर मानिन्छ । यसपाली तत्वीक फाग अर्थात बँदेल बर्ष समाप्त भइ तत्वीक जिवा नयाँ बर्ष यहि माघ ११ गतेबाट शुरु हुन्छ ।

नेपालमा मुस्ताङी, डोल्पाली, मुगालीको रुङ र तामाङ, ह्योल्मोको सोनाम ल्होछार (लोसार) तथा चीनीया परम्परागत तत्वीय गणना तथा खगोलशान्त्रका आधारमा मनाउने स्प्रीङफेस्टीभल, सिननीयन पर्व या चन्द्र नयाँ बर्ष उत्सव यसपाली माघ पक्ष प्रतिपदा परेवाका दिन तदनुसार सन् २०२० को जववरी २५ मा परेको छ भने तिब्बतीहरु तथा नेपाल र भारतका सिक्किममा शेर्पा, लामा, भोटे, समुदायले मनाउने पर्व एक ग्याल्बो ल्होसार फागुन १२ गते अर्थात फेववरी २४ मा परेको छ । ग्याल्बो ल्होसार २१४७ यसलाई नै तिब्बती लोसार या ग्याल्बो  (राजाको) लोसार भनेर भन्ने गरेको पाइन्छ ग्याल्बो भनेको राजा हो यो पर्व शासक वर्ग वा राजाहरुले मानेको इतिहास पाइन्छ ।

नेपालको गुरुङ जातिले भने २०४९ सालपछि यहि उत्सव सूर्य पात्रोको सौरमास पौषादी १५ गतेको दिनलाई तमु ल्होछार मानि आएको छ । यो तोला भनेको पौष शुक्लपक्ष  प्रतिपदाको दिनमा पर्ने ल्होछारको वरिपरि पर्दछ ।

१२ जीवहरुको नाममा आधारित बर्ष चक्र ल्होखोर या ल्होकोर अर्थात यो तत्वीय बर्ष चक्रको ल्होकोरको बर्षहरु जीवहरु एउटै भएतापनि गुरुङ, तामाङ, ह्योल्मोको सोनाम ल्होछार तथा शेर्पा या तिब्बतीको ग्याल्बो लोसार भनेर किन यसरी भिन्न समयमा यो पर्व मनाउछन् त रु भन्दा मुख्यता तिब्बतमा सन् १०२७ तदनुसार अग्नी खरायो बर्षपछि ब्यवहारमा आएको भारतीय कालचक्र तन्त्रमा आधारित कार्ची अनुसार तिब्बती चन्द्र पात्रोमा ३६० दिनको एक बर्ष मानिन्छ । यहि कुरा अन्य प्रचलित भारतीय तथा पाश्चात्य ग्रेग्रोरियन पात्रो परम्परामा भने ३५४ दिनको हुन्छ र सौर ९सूर्य० बर्षको ३६५ दिन बर्ष हुन्छ ।ं चन्द्र बर्षको सौरवर्षको वरावर ३६५ दिन पुग्न प्रत्येक बर्ष ११ दिन अपुग हुन्छ । र यो अपुग दिन जोड्दै लाँदा प्रत्येक अढाइ या तीन बर्षमा पुग्दा जोडेर हुने कूल दिनहरुको योगलाई एक महिना वरावरको दिनहरुलाई एक चन्द्रमास वरावर मानि चन्द्र पात्रोमा थपिन या जोडिने प्रचलन भएकोले त्यो बर्षको चन्द्रापात्रोमा १३ चन्द्र महिनाको एक चन्द्र हुन जान्छ । यस्तो चन्द्रपात्रोमा यसरी एक महिना थपिन जाने बर्षलाई हामी अधिकमास वा मलमास बर्ष भनिन्छ अंग्रेजीमा लुनर लिप इयर भनिन्छ ।

सोनाम ल्होछार/ल्होसार राष्ट्रिय पर्वको मान्यता

बिभिन्न जातीय संघसंस्थाहरुको माग र आन्दोलन र पटकपटकको डेलिकेशनपछि तत्कालीन प्रधानमन्त्रि मनमोहन अधिकारीको कार्यकालमा २०५१ माघ १३ गतेको दिन ल्होछार मान्ने हिमाली र पहाडीहरुको साझा पर्वको रुपमा सोनाम ल्होछारलाई पहिलोपटक राजकीय मान्यता दिएको थियो साथै ल्होछार मान्ने समुदायहरुको लागि एक दिन बिदा दिन निर्णय समेत गरिएको थियो । पछि नेपाल तामाङ घेदुङ लगायतका संस्थाहरुले ल्होछारमा सार्वजनिक बिदाको माग गरेपछि २०६४ सालदेखि माघ शुक्ल प्रदिपदाको दिन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । त्यसैबेला देखि सोनाम ल्होछारले राष्ट्रिय पर्वको मान्यता प्राप्त गरेको थियो फेरि यो सरकारले सर्वाजनिक बिदा कम गराउने नाममा ल्होछारलाई सार्वजनिक बिदाबाट कटौती गरिएको छ र नेपाल तामाङ घेदुङ लगायतका बिभिन्न संघसस्थाले पुनः सार्वजनिक बिदाको माग गर्दै आएको छ । सम्बन्धित बिभिन्न सघसंस्थाहरुको मागको आधारमा हाल प्रदेश र स्थानीय सरकारहरुले कतैकतै सार्वजनिक बिदा दिदै आएको छ भने बागमति प्रदेशमा माघ १० गतेलाई सार्वजनिक बिदा दिएको छ ।

तामाङहरुले सोनाम ल्होछार नै किन मनाउछ ?

नेपालमा सोनाम ल्होछार प्रत्येक बर्ष छेपा–गी अर्थात चन्द्र माघ महिनाको शुक्ल प्रतिपदादेखि पुर्णिमासम्म मनाउने गरिन्छ । बिशेषता तामाङ परम्परा र सभ्यतामा माघमा ल्हो फिर्ने जनविश्वास रहदै आएको छ । यो संस्कृति, परम्परा र सम्भयतासँग जोडेर चन्द्र पात्राको बिकास आजभन्दा २८५६ बर्षआघि महामानव मञ्जुश्रीले गरेको पाइन्छ । महामानव मञ्जुश्रीले चिनको एउटा पहाडमा मुसा बर्ष जिवा ल्होको दिन ल्हो ९बर्ष० परम्पराको पहिलो ज्योतिषीय ज्ञानको धर्मदेशना गर्नुभएको थियो त्यो कुरा आजको दिनमा पनि तिब्बतीय पात्रोहरुमा उल्लेख भएको पाइन्छ । तामाङहरु तथा तिब्बती भाषामा उहाँलाई ज्यङमी याङ भनेर चिन्दछन् र उनलाई तामाङहरुले ज्ञानको देवता र पुर्खको रुपमा मान्दछन् । उनैले नेपाल काठमाण्डौ उपत्यकाको बिशाल तलाउको पानी आफ्नो खडकाले चोभारको डाँडो काटी दक्षिणतिर पठाइ उपत्यकामा पहिलो मानब बस्ती बसाउने मानिस भएको इतिहासकारहरु बताउँछन् र तिनिहरु तामाङ थियो भन्ने आधारमा हामीले विश्वास लिएका छौं र यसको आधार स्वंयम्भूको किमडोल तामाङ बस्ति उपत्यकाकै सबैभन्दा पुरानो बस्ति भएको मानिन्छ । साथै तामाङरुले श्रीपञ्चमीमा मञ्जुश्रीको पूजा आराधाना गर्ने गर्दछन् । यस अर्थमा मञ्जुश्रीले बिकास गरेको चन्द्र पात्रको आधारित ज्योतिषीय ज्ञानको ल्हो परम्पराको आधारमा तामाङहरुले सोनाम ल्होछार/ल्होसार मान्दै आएका छन् ।

ल्होछार/लोसार मनाउने तरिकाः

ल्होछार पर्व अन्तराष्ट्रिय रुपमा माघ शुक्लपक्ष प्रतिपदा ९चन्द्रमाघ महिना० को पहिलो दिन परेपनि मनाउने तरिका देशै पिच्छे र समुदाय सांस्कृतिक परम्परा अनुसार केहि भिन्न पाइए पनि आधारभूत रुपमा मनाउने विधिमा पनि एक रुपता नै पाइन्छ ।

पहिलो तयारी (Preparation)

सामान्यतया ल्होछार आउनुभन्दा एक महिना अगावै ल्होछार को तयारी शुरुवात हुन्छ । नयाँ बर्ष लाग्नुभन्दा पहिले नसकिएका कामहरु सम्पन्न गर्ने, अप्रिया घट्नाहरु नदोहोरिउन भनी कर्मकाण्ड गर्ने तथा नयाँ बर्षलाई स्वागत गर्ने तयारी गर्दछन् । सामूहिक रुपमा बाटोघाटो, आँगन चौतारा, पानी पँधेरो, गोठ, आदि मर्मत सफासुग्घर र लितपोत गर्दछन् । खानपिनाका लागि आवश्यक सामाग्रीहरु तयार गर्दछन् । अन्तिम दिनमा हरेक परिवारले ल्होछारको दिन कुलदेवताको थान वा देवीदेवताको थानमा आगामी वर्ष राम्रो खेती वालिनाली होस् भनी प्रार्थना गर्नका लागि बीउवीजन पानीमा भिजाइ टुसा आउने पार्दछ ।

ल्होछार पूर्व सन्ध्या (Lhochhar Eve)

  • आ–आफ्नो थर, कुल र बंशको परम्पराअनुसार कुलपुजा गर्ने र परिवारमा सुखशान्ति, समृद्धि र स्वास्थ्य लाभको लागि पितृहरुबाट आशिर्वाद तथा शक्ति मान्ने ।
  • फिर्ने ल्होको मानिस भएमा उनको ग्रह चल्छ भन्ने मानिन्छ । त्यसैलो ल्हो खोर्लो बनाएर ग्रहदशा फाल्ने
  • आगामी बर्षमा अन्नबाली राम्रो होस भनी डालोमा बिउबिजन राख्ने तथा टुसा आएको बिउविजन राखी पुजा पाठ गर्ने ।
  • अँध्यारोलाई उज्यालोले हटाए जस्तै परिवारमा सधै उज्यालो र खुशीयाली आओस भनि बेलुका बालेका बत्ति रातभर बाली राख्ने वा आकाश बत्ति बनाएर घरअँगनमा रातभर बालि राख्ने ।
  • राती ११ बजेको समयमा बिगत बर्षभरिको नराम्रा कामहरुको प्रतिक ल्होकोवर च्युङनी बनाएर मन्छाउने । परिवकारको सबै सदस्याहरु भेला भइ भोज खाने, आँगनमा आगो बालेर रमाइले गर्ने र नयाँ बर्षको स्वागतमा बत्ति बालेर घरको झ्याल्ढोकाहरु सबै खुला राख्ने ।्

ल्होछारको दिन (Lhochhar Day)

  • छो प्रसाद चढाउने :

ल्होछारको दिन दिन घरमुली, घरको जेठोबाठो वा घरको अन्य कुनै सदस्याले सबेरै नुहाएर सफा भइ आफ्नो घरमा भएको देवस्थान लखाङ वा छ्यौखाङ र सो नभएमा भगवान बुद्धको कु वा तस्वीर राखी चोखो पानी, साङ, छेमार वा फेमार दुची तथा छो फलफुल, कन्दमुल, आलु, भ्याकुर, तरुल, खाप्से, गेङ, आदि पकवानहरु राखी साङसेरग्याम गर्ने । भगवान तथा पुर्खाहरुप्रति धन्यबाद ज्ञापन गर्ने र पयाप्त खान, लाउन, बस्न तथा धनधान्य, समृद्ध परिवारको लागि आशिर्वाद माग्ने । पुजामा चढाएको छो दुइअी फेमर आदिले पाहुनाहरुलाई नयाँ बर्षको सगुन तथा प्रसादको रुपमा स्वागत गर्ने ।

  • दर्च्यु उठाउनेः

नयाँ ल्हो को आगमनले ९ल्होछार० ले दर्च्यु उठाउने स् नयाँ ल्होको आगमनले समस्त जगतकै प्राणीहरुको रक्षा एवं कल्याण गरुन् भनी मंगलमय कामना स्वरुप ल्होछारमा घरअँगन तथा गाउँ वरिपरिका डाँडाहरु, गुम्बा, मठ मन्दिहरुमा लुङदर दर्च्यु गाड्दछन् । लामालाई आफ्नो ल्हो अनुसार ची पात्रोमा साइत हेराई भनेअनुसारको दर्च्यु राख्न सकिन्छ । लामा नभएमा पाँचै रंगको दर्च्यु राख्न सकिन्छ । त्यसो पनि नभए आकाशे रंगको दज्र्यू राख्न सकिन्छ । उक्त दिन दज्र्यु नराखेमा बसन्त पञ्चमीको दिन बिहान सबेरै दर्च्यु उठाउन  राम्रो हुन्छ ।

  • आशिर्वाद तथा शुभकामना दिनेलिने :

पूजाआजा सकेपछि सुख, शान्ति, निरोगिता र दीर्घायूको लागि सबै सदस्याहरुलाई परिवावरको ज्येष्ठ ब्यक्तिबाट नौनीघिउ तथा कोको म्हेन्दोको टिका तथा खाता आशिर्वाद स्वरुप दिने र सानो साइनोकोले आफुभन्दा ठुलालाई पनि ढोग, खादा चढाइ वा उपहार दिइ सुख शान्तिको कामान गर्ने । आफुकहाँ आउने पाहुनाको स्वागत गर्ने । सामुहिक समारोह गर्ने र सो समारोहमा संयूक्त रुपमा दर्जु उठाई सबैले ल्ह ग्वल्लो दुद् फाम्मो ९देवताके जीत मारको हार० भनि खुशीयाली स्वरुप चम्बा आकाशमा उडाई हर्ष बढाइ गर्ने र त्यसपछि शुभकामना आदनप्रदान गर्ने ।

  • ल्होछार पश्चात :

ल्होछार उत्सवलाई हर्षोल्लासपूर्वक मनाउदै खास गरी १५ दिन पछि अर्थात पुर्णिमा पछि लो प्रीबा थुम्बा सम्पन्न गरिन्छ । मान्यजन, नातागोता, कुल कुटुम्बा, इष्टमित्र लगायत सर्ब साथीहरुलाई भेटघाट गरी खादा सहित शुभकामना आशिर्वाद आदनप्रदनका साथै आफ्नो गच्छेअनुसार कोसेलीहरु अदानप्रदान गर्ने, आलोपालो गरी इष्टमित्र कहाँ जाने । चेलीबेटी बोलाउने र खानपिन गर्ने । यो क्रम प्रतिपदादेखि पञ्चमी अर्थात बषन्त पञ्चमीसम्म पनि मनाउन सकिन्छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्