२०८१ श्रावण १२
                           

उद्योग बाणिज्य महासंघ निर्वाचन यि सिन्धुका दुई हस्ती

चाैतारा ,२८चैत

युवा व्यवसायी बेदबहादुर श्रेष्ठ उद्योग बाणिज्य महासंघको ५७ औँ साधारण सभाबाट सदस्य पदमा बाजि मार्ने तयारीमा छन् । उद्योग व्यवसायमार्फत सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउँदै आएका श्रेष्ठ सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको पूर्व अध्यक्षसमेत हुनुहुन्छ ।

श्रेष्ठले जिल्ला र नगर तर्फको खुल्ला केन्द्रिय सदस्यमा दावी गरेका हुन् । श्रेष्ठलाई केन्द्रीय सदस्य बनाउनका लागि सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष होम बहादुर बस्नेतको अध्यक्षता चैत्र १ गते बुधबार बसेको संघको कार्यसमितिको पुर्ण बैठकले केन्द्रिय सदस्य कमल कुमार श्रेष्ठको समर्थनमा केन्द्रीय सदस्य उम्मेदवारको लागि सर्वसम्मत पनि सिफारिस गरिएको छ ।

श्रेष्ठ सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष रहँदा जिल्लाले प्राकृतिक बिपद्को सामना गर्नु परेको थियो । उहाँले विपदको बखत सरकारी निकायलाई निजी क्षेत्रको तर्फबाट उल्लेख्य सहयोग गरेका थिए । संघको नेतृत्व कुशलतापूर्वक निर्वाह गरेका श्रेष्ठ मिलनसार, सामाजिक भावनाबाट ओतप्रोत, मृदुभाषि र सबैको प्रिय छन् । सदैव निर्णयात्मक र समन्वयात्मक भूमिकामा अब्बल रहँदै आएका श्रेष्ठको जीतले उद्योग बाणिज्य महासंघलाई अझ स्थापित र गौरावान्वित गर्न टेवा पुग्ने विश्वास गरिएको छ ।

त्यस्तै सुनकोसी गाउँपालिकाका रामशरण आरएस भण्डारीले पनि नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभामार्फत चुनावी मैदानमा उत्रिएका छन् । एसोसिएट सदस्यमा बाजी मार्ने तयारीमा मेडिकल उद्यमी भण्डारी सिन्धुका गौरावान्वित व्यक्तित्व हुन् ।

नयाँ नेतृत्व चयनका लागि भोली चैत २९ गते काठमाडौंमा हुने महासंघको निर्वाचनमा भण्डारीले एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा दाबी गरेका छन् । मेडिकल व्यवसायमा स्थापित भइसकेका भण्डारीले अब उद्योग वाणिज्य महासंघमार्फत उद्यमीहरुका मुद्दा उठाउने र देशको अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यसहित चुनावी मैदानमा होमिएका छन् । सरकारले निजी क्षेत्रका अस्पतालको पूर्वाधार र प्रविधिअनुसार वर्गीकरण गर्नुपर्ने एजेन्डासहित उनि महासंघको निर्वाचनमा होमिएका छन् ।
काठमाडौँको धुम्बाराहीस्थित अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न ह्याम्स अस्पतालका अध्यक्षसमेत रहेका भण्डारी लामो समयदेखि मुलुकको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ६ का बासिन्दा भण्डारीले आजभन्दा २५ वर्षअघि सिन्धुपाल्चोकबाट काठमाडौं आएर करिब १९ वर्षसम्म मेडिकल उपकरणको व्यवसाय गरे ।

भण्डारीले सिन्धुपाल्चोक खाडीचौरमा ५५ बेडको सिन्धु सदाबहार अस्पताल र सिन्धु सदाबहार नर्सिङ कलेज स्थापना गरेर कोभिड संकटको बेला गाउँ गाउँमा स्वास्थ्य सामग्री पुर्‍याएका थिए । २०३५ सालमा सिन्धुवापाल्चोकवासीले पशुपति शम्सेर जबरासँग मागेको स्वास्थ्य केन्द्र ३० वर्षपछि भण्डारी आफैँले पहल गरेर स्थापना गरेका हुन् ।

कोभिड उपचारका बेला पहिलो रोजाइका उत्कृष्ट अस्पताल बनेको कारण ह्याम्सका अध्यक्ष भण्डारीले अन्तर्राष्ट्रिय अवार्ड समेत पाईसकेका छन् । स्वास्थ्य उपकरण व्यवसायी समेत रहेका कारण उनले पछिल्लो समय जिल्लामा स्वास्थ्य शिविरहरू समेत सञ्चालन गरिरहेका छन् ।

उनी प्रवल जनसेवाश्री पदक पाउने सिन्धुपाल्चोकका पहिलो व्यक्ति हुन् । उनले युरोपियन इन्टरनेशनल युनिभर्सिटी पेरिसबाट विद्यावारिधीको उपाधी समेत पाएका थिए । भण्डारी पछिल्लो समयमा सामाजिक कामका कारण सिन्धुपाल्चोकमा स्थापित छन् ।

युवा उद्यमीका रूपमा सफलतापूर्वक उदाएका भण्डारी देशकै आशाका किरण बनेर छाईरहेका छन् । स्वास्थ्य तथा उद्योग व्यवसायका क्षेत्रमा अतुलनीय कार्य गर्दै रोजगारी, सेवा र देशको अर्थतन्त्रका लागि भण्डारीको भूमिकालाई राज्यलेसमेत सम्मान गर्दै आईरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा एशोसिएटतर्फ कार्यकारीको सदस्यका रूपमा हुने उनको उपस्थितिले देशकै निजी क्षेत्रको गरिमा शोभायमान बन्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्