२०८१ श्रावण १२
                           

मेलम्ची नगरले उत्कृष्ट ४५ जना करदातालाई गर्यो सम्मान

भदौ ९, मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०७८र७९ मा कर तिर्ने उत्कृष्ट ४५ जना कारदातालाई बिहिवार सम्मान गरेको छ । नगरले ब्यबसायी कर तिर्ने तर्फ प्रत्येक वडा बाट १ र १ गरि जम्मा १३ जना, कृषि तथा पशु ब्याबसाय तर्फ बाट प्रत्येक वडा बाट १र१ गरि १३ जना, मालपोत तथा सम्पत्ति कर तिर्ने प्रत्येक वडा बाट १३ जना, त्यस्तै नक्सा पास अभिलेखिकरण बाट ३ जना, घर जग्गा बहाल कर बाट ३ जना गरि जम्मा ४५ जना लाई सम्मान गरेको हो ।

नगर पालिकाकाका मेयर आईतमान तामाङको अध्यक्षतामा , उपमेयर उमा प्रधान, वडाका जनप्रतिनिधि, गुणस्तर तथा नापतौल कार्यलयका सूचना अधिकारी, आन्तरिक राजस्व कार्यलय धुलिखेलका प्रमुख, ब्याबसायी,कर्मचारी, सुरक्षा कर्मिको उपस्थितिमा सभाहलमा कार्यक्रम सप्पन्न भएको हो ।
कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यलयका सुचना अधिकारी निराजन पुडासैनिले नेपाल गुणस्तर तथा नापतौल कार्यलयको परिचय, यसको कार्य,अनुगमनको बारेमा प्रस्तुतीकरण गर्नु भयो । त्यस्तै आन्तरिक राजस्व कार्यलयका धुलिखेलका प्रमुख रामभक्त दनुवारले व्यबासय दर्ता तथा नवीकरण सम्बन्धि प्रक्रियाको बारेमा अन्तर्कियात्मक प्रशिक्षण दिनुभयो । उहाले सामान खरिद गर्दा अनिवार्य बिल लिनु पर्ने र पानमा दर्ता भएका व्यबसाय संचालन गर्न नसक्ने अवस्था आएमा समयमै राजस्व कार्यलयमा व्यबासाय बन्द गाराउन पनि आग्रह गर्नु भयो ।

त्यस्तै नगरका मेयर आईमान तामाङले मापदण्ड अनुसार समयमै राजस्व तिरेमा सम्मानित हुन पाउने कुरा करदाताले बुझ्नु पर्ने बताउनु भयो । उहाँले सुन्दर नगर बनाउन करको दायरा बढाउनु परेको उल्लेख गर्दै अव्यवस्थित रुपमा रहेको खुट्पातलाई व्याबस्थित गर्न नगरले बेला बेला सूचना सम्प्रेषण गरेको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्