२०८१ श्रावण १२
                           

हुन्द्रुङस्थित बालकल्यण आधारभूत विद्यालयले मनायो ३८औं बार्षिकोत्सव

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाको प्रमुख आथित्यतामा सोमबार विद्यालयले ३८ औं बार्षिकोत्सव मनाएको हो ।सो अवसरमा मेयर सापकोटाले नगरपालिकाबाट निशुल्क शिक्षा, परीक्षा, बुहारी शिक्षा, विद्यालय मर्ज जस्ता महत्वपूर्ण कार्यको थालनी भइसकेको जानकारी दिंदै आगामी दिनहरुमा त्यही उपलव्धीको आधारमा टेकेर शिक्षामा देखिने गरि परिवर्त ल्याउने प्रतिवद्धता जाहेर गर्नुभयो । त्यही सफलताको आधारमा टेकेर हामी आगामी वर्ष शिक्षाको गुणस्तरियताका लागि थप फड्को मार्नेछौं – मेयर सापकोटाले भन्नुभयो ।

वडा न ५ का अध्यक्ष शिव श्रेष्ठले विद्यालयको प्रगति भौतिक संरचनाको विकासमा नभई शैक्षिक पूर्वाधारको विकासमा निहित भएको बताउनुभयो ।नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि समुदाय आफै सकृयताका साथ लाग्नुपर्ने बताउनुभयो ।

प्रधानाध्यापक गायत्री श्रेष्ठले विद्यालयको आर्थिक एवम् प्रगति विवरण प्रस्तुत गरेको कार्यक्रममा वडा सदस्य रामबहादुर घले, लायन्स क्लब अफ सिन्धु चौतारा सिटीका प्रमुख सन्देश श्रेष्ठ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।समरोहमा अभिभावक र विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठ अध्यक्षतामा भएको थियो भने सञ्चालन र स्वागत क्रमश ः रसिला श्रेष्ठ र सरोजा घलेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्