चौतारा । तेस्रो चौतारा स्पोर्टिङ्ग क्लव नगरस्तरीय अन्तर मावि सेभेन ए साइड फुटबल प्रतियोगिता २०८१ कोे उपाधी श्री कृष्ण रत्न गंगा मावि चौताराले जितेको छ । ज्ञान मन्दिर मावि मेलचौरले निर्धारित समयमा फाइनलका लागी भएको खेलमा कुनै गोल गर्न सकेन । श्री कृष्ण रत्न गंगाले पहिलो हाफमा गरेकोे १ गोल नै उपाधिका लागि निर्णयक भएको हो ।
नगरभित्रका ११ माध्यामिक विद्यालयले सहभागिता जनाएको यो प्रतियोगिता चौतारा स्पोर्टिङ्ग क्लबको आयोजनामा भएको हो । माघ १७ देखि चौतारा मिनि रङ्गशाला टुँडिखेलमा प्रतियोगिता संचालन भएको हो । विजेता तथा उपविजेता र सहभागी खेलाडीको हौसला बढाउदै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटा, वडा अध्यक्ष शिव श्रेष्ठ फाईनल खेल अवधिभर सहभागी बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्