२०८३ भाद्र २

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम, सिन्धुपाल्चोक पनि लिस्टमा

चौतारा । निरन्तर वर्षाको सम्भावनासँगै आज देशका विभिन्न भूभागमा आकस्मिक बाढीको जोखिम बढेको छ   बाढी पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा तराई क्षेत्र हुँदै बग्ने साना नदी तथा खोलामा पानीको सतह तीव्र रूपमा बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ ।

महाशाखाले कोशी प्रदेशका ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप र दोलखादेखि काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत जिल्लामा बहने नदी तथा खोलामा बहाव बढ्ने अनुमान गरेको छ ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिमका रुकुम, जाजरकोट, डोल्पा, जुम्ला, सुर्खेत, दैलेख, दार्चुला, बैतडी, बझाङ, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरसहितका क्षेत्रमा पनि साना नदीमा पानीको बहाव बढ्न सक्ने जनाइएको छ ।

यीमध्ये धेरै जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाको भनाइ छ । विशेषगरी खोलानाला आसपास तथा कमजोर भूभागमा बसोबास गर्ने नागरिकलाई मौसमको अवस्था हेरेर सावधानी अपनाउन आग्रह गरिएको छ ।

यसैबीच, महाकाली, कर्णाली र नारायणी जस्ता ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ । वर्षा थपिएमा नदीको जलस्तर अझ बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रमा उच्च सतर्कता आवश्यक देखिएको छ ।

b1-1787021959.jpg

प्रतिक्रिया दिनुहोस्