२०८१ चैत्र ११
                           

चौतारामा लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी दुई दिने कार्यशाला सम्पन

मंसिर १७,सिन्धुपाल्चोक ।चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना, कमलको फुल बहुउद्देश्यीय महिला सहकारी संस्थाको समन्वय र टेवाको प्रविधिक सहयोगमा दुई दिने “लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति योजना सम्बन्धी कार्यशाला गोष्ठी” सम्पन्न भएको छ।

कार्यशालाको अध्यक्षता नगर उप-प्रमुख श्री सीता थापाले थियो भने नगर प्रमुख श्री कृष्णप्रसाद सापकोटा प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री बैकुण्ठ प्रसाद सापकोटा र वडा नं १, २, ५, ६, ८, १३, र १४ का वडा अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो।

गोष्ठीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकामा कार्यरत शाखा प्रमुख तथा कर्मचारी, नगर महिला सञ्जाल, नगर बाल सञ्जाल लगायतका विभिन्न सञ्जालहरूको प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उक्त अभिमुखीकरणमा प्रमुख प्रशिक्षक श्री रत्नकाजी बज्राचार्यले प्रशिक्षण दिनुभएको थियो।

दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा सहभागीहरूलाई तीन समूहमा विभाजन गरी कार्ययोजनाको नमुना तयार गराई प्रस्तुतीकरण गराइएको थियो। प्रमुख प्रशासकीय अधिकृत श्री बैकुण्ठ प्रसाद सापकोटाले कार्यक्रममा बोल्दै यस्ता कार्यशालाहरूले स्थानीय तहमा लैंगिक समानता र समावेशीकरणका लागि ठोस कार्ययोजना निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

नगर प्रमुख श्री कृष्णप्रसाद सापकोटाले लैंगिक समानता र समावेशीकरणका क्षेत्रमा नगरपालिका प्रतिबद्ध रहेको र यस्ता कार्यक्रमले रणनीतिक योजना निर्माणमा मार्गदर्शन गर्ने बताउनुभयो।
कार्यक्रमको समापनमा नगर उप-प्रमुख श्री सीता थापाले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै जनप्रतिनिधि र कर्मचारीहरूले अभिमुखीकरणमा सिकेको ज्ञानको कार्यान्वयनको समयमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्