२०८१ जेष्ठ ८

मिलिजुली सहकारीकोे २५ औ साधारण सभा तथा अधिवेशन सकियो, मिना देवी श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन

मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लि. ले २५ औ साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । सो अवसरमा बाल बचत कर्ताहरु ५० जनालाई विद्यालय झोला वितरण गरिएको सहकारीका अध्यक्ष मिना देवी श्रेष्ठले बताउनुभयो ।

अधिवेशनबाट सर्वसम्मत रुपमा मिना देवी श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । यस्तै साधारण सभाको अवसर पारेर ५ जना जेष्ठ नागरीकहरुलाई सम्मान , ५ जनालाई सहानुभुति स्वरुप किरिया खर्च सहयोग १५ सयको दरले सहयोग गरीएको छ ।

शनिबार चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यता ,विशेष अतिथि उपप्रमुख सिता थापा, विशेष अतिथि वडा अध्यक्ष शिव श्रेष्ठ लगाएत अन्य अतिथिहरुको उपस्थीमा कार्यक्रम सम्पन्न भएको हो ।नगरपालिका प्रमुख सापकोटाले यो सहकारी राम्रो तथा नियमबद्ध तवरले सन्चालन भएको पाएको बताउनुभयो । साथै सहकारीका हितमा नगरले गर्न सकिने सहयोग गर्ने प्रतिबद्ध गर्दै शुभकामना ब्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै उपमेयर सिता थापाले शुभकामना दिदै अरु सहकारी संस्था भन्दा भिन्न नाफा नोक्सानका कुरा मात्र नभई उत्कृट कामहरु गरेको बताउनुभयो । यस्तै ५ नम्बर वडाध्यक्ष शिव श्रेष्ठले ब्यवस्थित रुपमा सन्चालन भइरहेको यस सहकारीलाई आवश्यक सहयोग गर्ने भन्र्दै थप उन्नतीका लागि शुभकामना दिनुभएको छ ।उक्त सहकारीमा हाल ६सय ५५ जना सेयर सदस्यहरु हरेका छन् ।

प्रतिक्रिया दिनुहोस्