२०८१ श्रावण १२
                           

मेलम्ची नगरपालिकाद्वारा नेवार समुदायका लागी ‘धिमें बाजा’ हस्तान्तरण

  मेलम्ची नगरपालिकाले मेलम्ची ११ र ७का नेवार समुदायका लागी (नेवारी बाजा) अर्थात ‘धिमें बाजा’ हस्तान्तरण गरेकाे छ । बिहीबार एक कार्यक्रमका बिच नेवार समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले नगरपालिकाका प्रमुख आइतमान तामाङ,उपप्रमुख उमा प्रधान,प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र लगायतले नेवाः देय दबु मेलम्ची नगर समितिलाई  (नेवारी बाजा) हस्तान्तरण गरिएकाे हो ।
बाजा वितरण गर्दै नगर प्रमुख तामाङले नेवार समुदायको पहिचानलाई जोगाउनको लागि बाजा हस्तान्तरण गरिएको बताउनुभयो ।
प्रमुख तामाङले नगरपालिकाले मेलम्ची महोत्सव आयोजना गर्ने उद्धेश्य लिएको बताउँदै सबै जातजातीहरुको पहिचान र संस्कृती संरक्षणका लागी सामाग्री वितरण गरिएको बताउनुभयो ।
नेवाः देय दबु मेलम्ची नगर समितिका अध्यक्ष राधाकृष्ण श्रेष्ठले नगरपालिकालाई सहयोगको लागी धन्यवाद ब्यक्त गर्दै बाजा बजाउनका लागी तालिमको समेत माग गर्नुभयो ।श्रेष्ठले नेवारी बाजाको संरक्षणमा सक्दो पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्