इर्खु । सिन्धुपाल्चोकको इर्खुमा जनैपूर्णिमाको दिन प्रत्यक्ष वर्ष लाग्ने रानी पोखरी जात्रामा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । मेलचोैर सामुदायिक स्वास्थ्य केन्द्र, चौतारा साँगाचोकगढी नगरपालिका-७ को आयोजनामा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागी ३० जनामध्ये २ जना महिला र २८ जना पुरुष रहेका थिए । रक्तदान कार्यक्रममा स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोग रहेको थियो । आयोजकले रक्तदानलाई मानव जीवनसँग प्रत्यक्ष जोडिएको सामाजिक सेवाका रूपमा अघि बढाउँदै नियमित रक्तदानका लागि सबैलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्