२०८१ श्रावण १२
                           

जिल्लामा पहिलोपटक जिल्ला स्तरिय टेवल टेनिस प्रतियोगिता हुदै

सिन्धुपाल्चोक जिल्लामा पहिलोपटक जिल्ला स्तरिय टेवल टेनिस प्रतियोगिता हुने भएको छ ।

टेबल टेनिस संघ सिन्धुपाल्चोकले पहिलोपटक चौतारामा जिल्ला स्तरिय टेबल टेनिस प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
कार्तिकको २२ र २३ गते जिल्लाव्यापि टेबल टेनिस प्रतियोगिताको आयोजना गर्न लागेको संघका अध्यक्ष मिलन लामाले जानकारी दिनुभयो ।

अध्यक्ष लामाका अनुसार मेन्स डवल, सिंगल र भेट्रान्स गरि जम्मा तीन विधामा प्रतियोगिता आयोजनाा गरिनेछ । ४० वर्ष उमेर माथिकाले भाग लिन पाउने भेट्रान्स अन्तर्गतको प्रतियोगितामा भने चौतारा साँगाचोकगढी नगरपालिका भित्रका खेलाडीले मात्र भाग लिन पाउनेछन् ।

मेन्स सिंगलतर्फ प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ः ७ हजार, ५ हजार र ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने मेन्स डवलतर्फ भने प्रथम, द्धितीय र तृतीयले क्रमश ः १२ हजार ६ हजार र ४ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

भेट्रान्सतर्फ प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ५ हजार, ३ हजार र २ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन ।

प्रतिक्रिया दिनुहोस्