२०८१ श्रावण १२
                           

चाैतारामम जिल्लास्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु

सिन्धुपाल्चोक ,१४ असार

चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा बिहीबारबाट नगरकप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।

जिल्लाभरका ५४ जना खेलाडीले भाग लिएको प्रतियोगिताको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले  खेलाडीहरूको उत्साह मर्न नदिने र खेलाडीहरूको सशक्तताका लागि नगरले कुनै कञ्जुस्याँइ पनि नगर्ने बताउनु भयो ।

मेल्स डवल, लेडिज सिङ्गल र भट्रान्स डबल गरि तीन विधामा प्रतियोगिता सञ्चालन हुने छ । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा मेल्स डवलतर्फ प्रथम हुनेलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु ३० हजार, द्वितीय हुनेलाई ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु २० हजार र तृतीय हुनेलाई ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु ५ हजार पुरस्कारको व्यवस्था गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठले बताउनुभयो ।

त्यस्तै लेडिज सिङ्गलतर्फ प्रथम हुनेलाई ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु १० हजार, द्वितीय हुनेलाई ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु ५ हजार,तृतीय हुने दुईजनालाई ट्रफी, मेडल प्रमाणपत्रसहित जनही नगद रु २ हजार ५ सय पुरस्कार पाउने छन् ।

भेट्रान्सतर्फ भने प्रथम, द्वितीय  हुनेलाई क्रमशः ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु २० हजार,१० हजार र तृतीय हुने दुई जनालाई क्रमशः ः जनही २ हजार ५ सय पुरस्कार प्रदान गरिनेछ ।

आज भएको पहिलो खेलमा महिला सिङ्गलतर्फ बाह्रबीसेकी युली शेर्पा, चौताराकी अस्ना श्रेष्ठ विजयी हुनु भएको छ । त्यस्तै पुरुष डबलतर्फ  मुस्कान पराजुली र कृष्ण श्रेष्ठको जोडी, खिल भण्डारी र अजय पराजुलीको जोडी,  काले दोङ र कृष्ण रोक्काको जोडी, राजु सापकोटा र दीपेन्द्र दुलालको जोडी, ठिलेन शेर्पा र विजेश श्रेष्ठको जोडिले विजय हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्