२०८१ जेष्ठ ८

पालिका प्रमुख स्याङ्बो द्वारा पाङताङमा पुरुष भलिबल प्रतियोगिताको उदघाटन

असोज ९ — जुगल गाउँपालिका– ४ पाङताङमा सिन्धुपाल्चोक अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। पाङताङ यूवा समूहद्वारा प्रथम सिन्धुपाल्चोक जिल्ला अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता जुगल ४ का वडा अध्यक्ष प्रेम तामाङको अध्यक्षतामा जुगल गाउपालिका अध्यक्ष रेशम स्याङ्बोको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु भएको हो। भलिबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष रेशम स्याङ्बोले जुगल ४ मा भलिबल प्रतियोगिताको आयोजना गरेकाले ग्रामिण क्षेत्रमा खेलकुदका गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतियोगितामा १६ टीम खेलाडीहरू सहभागिता भएका छन्।प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो र सान्त्वना हुने टीमले ट्रफी, मेडल र प्रमाणपत्रका साथै क्रमशः नगद रु १लाख ७० हजार ४० हजार र १५ हजार रुपैंया प्राप्त गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्