२०८० मंसिर १४

मालिकादेवी कप: फाईनलमा रोयल फेमेली चौतारा र महाङ्काल भुमि

सिन्धुपाल्चोक, कात्तिक २

तेस्रो मालिकादेवी खुल्ला ७ ए साइड नगर कप फुटबल प्रतियोगिताको फाइनलमा रोयल फेमेली चौतारा र महाङ्काल भुमि तामाङ समाज भिड्ने भएका छन्।

मेलचौरस्थित दरबारडाँडा मैदानमा बिहीबार भएका सेमिफाइनलका खेलमा जित हाँसिल गर्दै रोयल फेमिली र महांकालभूमिले उपाधि भेट पक्का गरेका हुन् ।

सेमिफाइनलका  खेलहरुमा  चौतारा स्पोर्टिङ क्लव र  रोयल फेमेली बिच भएको खेलमा रोयल फेमेली 1-0 ले विजयी भएको हाे ।याे खेलकाे म्यान अफ द म्याच रोयल फेमेलीका एलेक्स भए ।यस्तै वडा नम्बर 6 र महाङ्काल भुमि तामाङ समाजबिच भएको खेलमा महाङ्काल भुमि तामाङ समाज 3-0 गोल अन्तरले विजयी भएको हाे यहाँ म्यान अफ द म्याच महाङ्काल भुमिका राम ढकालले पाए।

शुक्रबार  फाइनल खेल दिउसाे 1:00 बजे संचालन हुने अायाेजकले जनाएको छ।प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपबिजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ हात पार्ने छन् ।

प्रतियोगितामा बाह्यसहित जिल्लाका २९ टोलीले भाग लिएका थिए । जागरण समाजले बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा बर्सेनी यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्