२०८१ श्रावण १२
                           

किवानिज क्लवद्वारा बालबालिकालाई शैक्षिक सामग्री वितरण 

बाह्रबिसे/ महाशक्ति राष्ट्र अमेरिका समर्थित नेपालस्थित किवानिज क्लवले बिगत लामो समयदेखि विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ ।

यसै सिलसिलामा सिन्धुपाल्चोकमा रहेको किवानिज क्लवले पनि शनिबार बाह्रबिसे नगरपालिकामा शैक्षिक सामग्री वितरण गरेको छ । किवानिज क्लब सिन्धुपाल्चोक नेपालले बाह्रबिसे नगरपालिका वडा न.३ मा रहेको श्री क्षेमादेवी माध्यामिक बिद्यालय र वडा न.४ मा रहेको श्री नमूना सुनखानी आधारभूत बिद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

त्यहाँका दुई सय ५० जना बालबालिकालाई स्कुल ब्याग, स्टेशनरी सामग्री कापीकलम , फुटबल , भलिबल र टेबुल टेनिसबोर्ड बितरण गरिएको छ । शैक्षिक सामग्री वितरण कार्यक्रममा बाह्रबिसे नगरपालिका मेयर बालकृष्ण बस्नेत र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष तथा क्षेमादेवी माविका ब्यबस्थापन समिति अध्यक्ष बुद्धराज बस्नेत प्रमुख र विशेष अतिथिको रुपमा रहेका थिए । मेयर बस्नेतले शैक्षिक सामग्री वितरण गरेपछि किवानिज क्लबलाई धन्यवाद दिए । बालबालिकाको शैक्षिक उन्नयनका लागि किवानिजले देशभर गरिरहेको कामको मेयर बस्नेतले प्रशंसासमेत गरे ।

वडा अध्यक्षहरु , बिद्यालय परिवार, किवानिज सिन्धुपाल्चोकका सबै सदस्य कार्यक्रममा सहभागी थिए । लामो समयदेखि किवानिजको नेतृत्वस्तरमा रहेका युवा व्यवसायी सुजित बस्नेतले क्लबले गर्ने सहयोग निरन्तर रहने बताए । ‘हामीले गर्दा बालबालिकाको भविष्य उज्ज्वल बन्छ भने किवानिज क्लब ठूलो छातिले साथ दिन तयार छ,’ उनले भने । अमेरिकी सहयोगमा सञ्चालित किवानिज क्लबमा देशभर २५ सय सदस्य र झण्डै १२५ क्लव छन् । यी क्लबहरुले बालबालिका र उनीहरुको शिक्षामा लगानी गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्