चौतारा/ नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ । भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै नेताहरुको जिम्मेवारी हेरफेर भएको जानकारी गराएका छन् ।
केन्द्रीय सचिवालयको ६६ औँ बैठकले यस पटक सङ्घीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको छ ।
अध्यक्ष नेपालले पार्टी कामको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्ने जिम्मेवारी दिएको छ ।
बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चर्ज र पदाधिकारी तोकेको छ । यस्तै, जिल्ला÷विशेष जिल्ला कमिटी तथा सङ्घीय निर्वाचन क्षेत्रका इञ्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ।
त्यसै क्रममा सिन्धुपाल्चोकमा पनि इञ्चार्ज र सहइञ्चर्जहरु तोकेर पठाएको छ । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीले पार्टी जिल्ला इञ्चार्जको रुपमा पार्टीको केन्द्रिय सदस्य भगवती नेपाल र पार्टीको केन्द्रिय सदस्यहरु सहइञ्चार्जहरुमा तथा इञ्चार्ज क्षेत्र नं. १ सिंहबहादुर विश्वकर्मा, सहइञ्चार्जहरुमा तथा इञ्चार्ज क्षेत्र नं. २ सोम सापकोटा र इन्द्रमाया गुरुङलाई सहइञ्चार्जको जिम्मेवारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्