२०८१ श्रावण १२
                           

सोमबारदेखि चौतारामा रुबेला–दादुरा विरुद्धको खोप अभियान सुरु हुने

चौतारा साँगाचोकगढी नगरपालिकामा सोमबारदेखि रुबेला–दादुरा रोग विरुद्धको अभियान सञ्चालन हुने भएको छ।९ महिनादेखि ५ वर्षभित्रका उमेरसमूहलाई लक्षित गर्दै चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाद्वारा रुबेला–दादुरा रोग विरुद्धको अभियान सञ्चालन गर्न लागेको हो ।

शाखाप्रमुख शिव पुरीका अनुसार फागुन १४ गतेदेखि १७ गतेसम्म नगरको १४ वटै वडामा यो अभियान सञ्चालन हुने छ ।९ महिनादेखि ५ वर्षभित्रका उमेर समूहका २ हजार ६ सय २ जनालाई रुबेला दादुरा विरुद्धको खोप दिनका लागि ४० केन्द्र व्यवस्थापन गरिसकेको छ । यसका लागि ४० जना खोपकर्ता, ८० जना स्वयम्सेवक र १४ जना अनुगमनकर्ता परिचालन हुने स्वास्थ्य प्रमुख पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्