२०८१ श्रावण १२
                           

टेकानपुर र चोकटीमा गरिएको स्वास्थ्य शिविरबाट २ सय बढीले लिए सेवा

चौतारा, १६ असार
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ टेकानपुर र चोकटी स्वास्थ्य चौकिमा गरिएको स्वास्थ्य शिविरबाट २ सय बढीले सेवा लिएका छन्। शनिवार भएको टेकानपुरको शिविरबाट १ सय बढीले सेवा लिए भने जसमध्ये ३ जनालाई ह्वलचियर ,बैशाखी, १५ जनालाई कानमा राख्ने मेसिन समेत वितरण गरिएको त्रिपुरासुन्दरी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता रमेश बोहराले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार शिविरमा विषेशगरी कान नसुन्ने ,घाटीमा समस्या भएका,नसा सम्बन्धी  हाडजोर्नी दुख्ने सुनिन्ने लगाएतका समस्या भएका बिरामीहरुले सेवा लिएका हुन् । साथै अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य जाच  तथा परामर्श दिईएको छ । पिपिआई सेन्टर जडिबुटिका डाक्टरको टोलीले उनिहरुको  उपचार गरेको हो ।

uuuuu1688223960.jpg

विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै उहाँले यस किसिमका शिविर निरन्तर रुपमा सञ्चालन गर्ने योजना रहेको ६ नम्बर वडा अध्यक्ष तथा गाउँपालिका प्रवत बोहराले बताउँनुभयो ।  आर्थिक अवस्था कमजोर भएका र नियमित अस्पताल जादाँ स्वास्थ्यमा हुनसक्ने जोखिमलाई बुझेर गाउँपालिलकाले शिविर आयोजना गरिएको उहाँको भनाई छ  ।

22222222221688222884.jpg

स्थानीयको मागलाई आवश्यकताको आधारमा प्राथमिकता दिई काम गर्ने बचन गाउँपालिका अध्यक्ष भक्त ध्वज बोहराको छ । आफ्नो जीवनप्रति संवेदनशील र सचेत रहन आग्रह गर्ने गरेका छन् । सवैभन्दा ठुलो सम्पत्ति भनेको मानव जीवनको स्वास्थ नै हो । सो पश्चात अन्य सहयोग प्राप्त गर्न सकिन्छ । रोगको पहिचान पहिलो हो त्यसपछि उपचार हो अध्यक्ष बोहराले भन्नुभयो ।

सोही शिविर शुक्रबार गाउँपालिकाको वडा नम्बर २ स्थित चोकटी स्वास्थ्य चौकिमा भएको थियो । सो शिविरबाट १ सय २१ जनाले सेवा लिएका थिए ।  निशुल्क स्वास्थ्य शिविर गाउँपालिका अध्यक्ष भक्त ध्वज बोहरा , उपाध्यक्ष गीता कुमारी नेपाल ,वडा अध्यक्ष रमेश बोहरा ,अन्य जनप्रतिनिधिहरु , स्थानीयको उपस्थीतिमा शुभारम्भ गरिएको थियो । त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा शारीरिक अपाङ्गगता भएका  लगाएत अन्य व्यक्तिहरुको लागी स्वास्थ्य जाच तथा पुर्नस्थापना घुम्ती शिविर आयोजना गरिएको हो ।

3333331688222881.jpg

 

प्रतिक्रिया दिनुहोस्