२०८१ श्रावण १२
                           

रास्वपाकाे मेलम्ची नगर सभापतिमा ढकाल

सिन्धुपाल्चोक ,२५चैत

राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर सभापतिमा गोकुल ढकाल चयन हुनु भएको छ । शनिवार मेलम्चीमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर भेलाले ढकाललाई सभापतिमा चयन गरेको हो ।

उपसभापतिमा रञ्जित थापा, सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा शारदा दुलाल तथा सदस्यहरूमा राकेश श्रेष्ठ,खेमनाथ ढुंगाना, गोपिलाल तामाङ,गोकुल दंगाल, अर्जुन श्रेष्ठ, सजना श्रेष्ठ, राजकुमार चालिसे र प्रदिप तामाङ लाई चयन गरिएको छ ।

सांसद प्रकाश परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले विभिन्न संगठनको विभाग समेत तोकेको छ । भेला जिल्ला अध्यक्ष माया गुरुङको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्