२०८१ श्रावण १२
                           

टोप्का भीरमा बन्यो रेलिङ्सहितको सजिलो बाटो, साम्सद सापकोटाद्वारा उद्घाटन

३० जेठ, सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका वडा नम्बर ८ मा रेलिङ सहितको बाटो निर्माण भएको छ । बाटोको मंगलबार क्षेत्र नुम १ बाट प्रतिनिधि सभा सदस्य एवम माओवादी केन्द्रका युवा नेता माधव सापकोटा सुबोधले उद्घाटन गरेका छन् ।

टोप्का बसेरी रेलिङसहितको बाटो माओवादी उपाध्यक्ष एवम् निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बागमती प्रदेश सरकारको २५ लाख बजेटमा निर्माण सम्पन्न भएको हो ।

ढलान र ढुङ्गा छापेर बनाईएको बाटोले जोखिम हटेको स्थानीयले बताएका छन । जमा ४ सय मीटरको यो बाटोले टोप्का र टोप्का बसेरी गाउँलाई जोडेको छ । निकै अप्ठेरो र जोखिमयुक्त टोप्का भीरको बाटोमा रेलिङ बनेपछि हिड्न सजिलो भएको स्थानीय तारानाथ पराजुलीले बताए ।

बाटो हिड्दा रिंगटा लाग्ने टोप्का भीरबाट आफूले जानेदेखी ५ जना मानिस लडेर मृत्यु भएको सम्झदै ६७ वर्षका पराजुलीले बाटोको पहल गर्ने नेता र प्रदेश सरकारप्रति धन्यवाद दिए । स्थानीय श्री कालीदेबी आधारभूत बिधालयमा आउने विद्यार्थी ओहोरदोहोर गर्ने यो बाटो निकै पालिका भित्रमा अप्ठेरो बाटो रहेको स्थानीय सुवास तामाङले बाताए ।

बलेफी गाउँपालिका अध्यक्ष गङ्गा तामाङ प्रवेशले बाटोले स्थानीयलाई सहज भएको बताए । वडा नम्बर ८ का अध्यक्ष रमेश कुमार श्रेष्ठले गुणस्तरीय बाटो बनेको सुनाए । अहिले बाटो प्रयोग गरेर मोटर साइकल समेत ओहोर दोहोर हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्