२०८१ श्रावण १२
                           

हेलम्बुका शिक्षक प्रतिनिधीलाई आलोचनात्मक शिक्षण पद्धति कार्यशाला

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका विभिन्न ८ वटा विद्यालयका १४ जना शिक्षकलाई आलोचनात्मक शिक्षण पद्धति सम्बन्धित कार्यशाला सञ्चालन भइरहेको छ । आलोचनात्मक शिक्षण पद्धति सम्बन्धी कार्यशालामा रूपान्तरणकारी शिक्षण अभ्यास, पाठ्यक्रम अनुसारको शैक्षिक कार्ययोजना र शिक्षकको तयारी लगायतका विषयहरूमा शिक्षकहरूबिच विस्तृत रूपमा छलफल गरिएको कार्यक्रम आयोजक संस्था जस्ट नेपाल फाउण्डेसनका फिल्ड संयोजक प्रकाश खड्काले बताए ।

सहभागितमूलक एवं आलोचनात्मक शिक्षण पद्धति सम्बन्धी आधारभुत तालिममा शिक्षक र शिक्षण सिकाइ प्रक्रिया, विश्व मान्यता प्राप्त दस जीवनमुखी सीपहरू, सिकाइका व्यवहारिक अभ्यास र सिकाइ डायरी लगायतका विषयहरूमा समेत छलफल भएको थियो ।

हेलम्बु गाउँपालिकासँगको सहकार्यमा ‘हाम्रो समुदाय, हाम्रो विद्यालय—हेलम्बु’ कार्यक्रम सञ्चालन गरिरहेको फाउण्डेशनले यसै कार्यक्रम अन्तर्गत गाउँपालिकाका शिक्षकहरुलाई कार्यमूलक अनुसन्धान अन्तर्गत सहभागितमूलक एवम् आलोचनात्मक शिक्षण पद्धति सम्बन्धी आधारभुत तालिम प्रदान गरिरहेको हो ।साउन २ गतेबाट हेलम्बुको शेर्माथाङमा रहेको याङ्ग्रीमा इको लजमा तालिम सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्