२०८१ श्रावण १२
                           

चौसाँगढी नगरपालिकाको मनोपरामर्श सेवा, मानसिक स्वास्थ्य समस्या भएकाको जीवनमा सकारात्मक उर्जा

जेठ १, सिन्धुपाल्चोक । मनोपरामर्श सेवाले मानसिक स्वास्थ्य समस्या झेली रहेकाहरुको जीवनमा सकारात्मक उर्जा भरिदिएको छ । कुनै समय प्राण त्याग्छु भन्नेसम्मका सोचाइमा पुगेका तर अहिले जीवन जीउन पर्छ भन्ने सकारात्मक सोचको विकास भएको पाइएको छ । यो सेवा लिएपछि भोक, निन्द्रा, हाँसो, रोदन अनि जीवनका रंगहरु महशुस हुन थालेको एक जनाले बताइन् । यसरी विस्तारै आफूमा सकारात्मक परिवर्तन आएको र नियमित सामान्य जिवन शैलीमा फर्कन सफल भएकी उनको भनाई छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको लैङ्गिक हिंसा, मानव बेचविखन तथा जोखिममा परेका महिलाहरुको उद्धार तथा संरक्षण कार्यक्रम प्रभावकारी बन्दै गएको हो । विशेषगरी मानसिक स्वास्थ्य समस्या परेकालाई केन्द्रित गरेर यस कार्यक्रम सन्चालन गरिएको हो ।मनोविमर्शकर्ता सिता श्रेष्ठकी अनुसार यस नगरभित्रका ३ सय ५० मानसिक स्वास्थ्य समस्या भएकाले सेवा लिएका छन् । समुदायमा मानसिक स्वास्थ्य समस्या भएका अरु पनि हुनसक्ने बताइएको छ । उनीहरु खुलेर आफनो समस्या राख्न मनोविमर्शकर्ता सम्म पुग्न सकेका छैनन् ।

सोमबार मेयर, उपमेयर र मानसिक स्वास्थ्य समस्यामा परेकाहरूबीच छलफल भएको छ ।मेयर कृष्ण प्रसाद सापकोटाले जोखिममा परेका ब्यक्तिको हितका निम्ती कार्यक्रम बनाउने र बजेट तर्जुमा गर्ने काम प्राथमिकतामा रहने बताए ।उपमेयर सिता थापाले मानसिक स्वास्थ्यलाई केन्द्रित गरेर ३ जना मनोविमर्शकर्ता सेवा दिन उपलब्ध रहेको बताइन् ।

मानसिक स्वास्थ्य समस्यामा परी रहेकाहरुलाई अधिवक्ता एवम् मनोविमर्शकर्ता नानी मैया थापाले तनाव भएको समयमा आउने नकारात्मक भावनालाई विभिन्न माध्यमबाट पोख्न सकेमा पनि राम्रो हुने सुझाव दिइन् । चौतारा अस्पतालका डाक्टर अमर दिप कुमार शाहले एकद्वार संकट ब्यवस्थापन कार्यक्रमबाट निशुल्क सेवा उपलब्ध भईरहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्