२०८१ श्रावण १२
                           

नगर मा.वि स्तरीय फूटबल प्रतियोगिता सुरु

चौतारा साँगाचोकगढी नगरपालिका मावि स्तरीय फूटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।चौतारास्थित टँुडिखेलमा सुरु भएको सेभन ए साइट फूटबल प्रतियोगिताको उद्घाटन खेलमा श्री कृष्ण रत्नगंगा मावि चौताराले विजय हासिल गरेको छ । खेलको अन्तिम समयसम्म प्रतिद्वन्द्वि कुण्डलादेवी मावि ठूलोरिुबारीलाई दबदबामा राखेको श्री कृष्ण माविले कुण्डला विरुद्ध ४ – ० ले विजयी भएको हो ।

त्यस्तै इर्खु मावि इर्खु र सिद्धिगणेश मावि सानोसिरुबारी बीच भएको प्रतियोगितामा कसैले गोल हान्न नसकेपछि पेनाल्टि सुटआउटमा सिद्धिगणेशले ७ गोल हानेर विजयी भ भने इर्खुले ३ गोल मात्र गरे ।१७ विद्यालय सहभागि रहेको खेलको औपचारिक उद्घाटन नगरप्रमु कृष्णप्रसाद सापकोटाले गर्नुभयो ।

उहाँले सबै क्षेत्र उतिक्कै महत्वपूर्ण भएको तर खेल क्षेत्रबाट सिंगो मूलुकै पहिचान अन्तराष्ट्रिय स्तरमा नै स्थापित हुने भएकोले खेल क्षेत्रलाई नगरले पनि प्राथमिकतामा राखेको बताउँनुभयो । आयोजित प्रतियोगिताको समापन आइतबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्