२०८१ श्रावण १२
                           

जिल्ला स्तरीय शिक्षक भलिबल उद्घाटन

सिन्धुपाल्चोक , १८ जेठ । पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको शुक्रवार उद्घाटन गरिएको छ । थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका -४ मा प्रतियोगिताको उद्घाटन गर्नुहुँदै पालिका अध्यक्ष टासी लामाले शिक्षण पेशा सम्मानित पेशा रहेको बताउँदै उहाँहरु प्रति उच्च सम्मान रहेको बताउनुभयो ।

उहाँले पेशासंगै शिक्षकको अन्य शृजनशिल कार्यक्रममा सहभागीताका लागि पालिकाले प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।उहाँले खेलको माध्यमबाट पाँचपोखरीको पर्यटन प्रबर्द्धन हुने बिश्वास ब्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, वडा नम्बर ३ का अध्यक्ष ङिमा छिरिङ तामाङ, थाङपाल भ्याली माबिका अध्यक्ष अध्यक्ष सुन्दर सापकोटा, विभिन्न विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो ।दुई दिने प्रतियोगितामा जिल्लाका ८ पालिकाका ९ टिम सहभागी रहेको पाँचपोखरी खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।

प्रतियोगितामा पाँचपोखरी थाङपाल गाउँपालिकाका २ टिम, मेलम्ची नगरपालिका , इन्द्रावती गाउँपालिका , चौतारा सागाँचोकगढि नगरपालिका, जुगल गाउँपालिका , बलेफी गाउँपालिका, हेलम्बु गाउँपालिका, सुनकोशी गाउँपालिकाको सहभागीता रहेको छ ।प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुनेले क्रमश: ५० , ३० र २० हजार नगद र शिल्ड प्राप्त गर्ने छन ।उद्घाटन खेलमा पाँचपोखरी बि र इन्द्रावती प्रतिस्पर्धा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्