२०८१ श्रावण १२
                           

वडास्तरिय भलिवलको उपाधि बरुवा सिर्जनशिल युवा समूहलाई

चैत्र १२, सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकामा वडास्तरीय भलिवल प्रतियोगिता २०८० को उपाधि बरुवा सिर्जनशिल युवा समूहले हासिल गरेका छन् ।

आइताबार भएको फाइनल खेलमा लागर्चेलाई पराजित गर्दै बरुवाले उपाधि सहित १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
दोस्रो स्थान बनाएको लागर्चेले १० हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा थाङपालकोट तेस्रो र भोटनाम्लाङ चौथो भएको छ । तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गरेको छ । पालिकाभित्रको ६ टिम प्रतियोगितामा सहभागी भएका थिए ।

विजेतालाई पाँचपोखरी थाङपाल गाँउपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी, वडा २ का अध्यक्ष बाबुलाल स्याङबोर ,सिर्जनशिल युवा समूहका संयोजक ग्याल्जेन स्याङबाले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्