२०८१ श्रावण १२
                           

मांखा जालबारीमा प्रसुदी केन्द्र स्थापना सांसद नेपालले गरिन् उद्घाटन

निर्मल बस्नेत
(२०८० बैशाख ५) बलेफी गाउँपालिका वडा नम्बर ६ मांखा जालबारीमा प्रसुदि सेवा केन्द्रकाे स्थापना गरिएकाे छ । बागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाले आईतवार एक कार्यक्रमका बिच उक्त केन्द्र उद्घाटन गरेकी छिन् ।

कार्यक्रममा सांसद नेपालले आमा दीदिबहिनीहरु घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवै जाेखिममा पर्ने हुँदा सुरक्षित सुत्केरी हुन प्रसुदी केन्द्र आवश्यकता रहेकाे बताईन् । साथै महिलाहरुकाे स्वास्थ्यकाे लागि गाउँपालिकाले चालेकाे कदम अनुशरणीय र आैचित्यपूर्ण रहेकाे भनि प्रसंसा गरिन् । उनले स्थानीय रुपमै सेवा लिन पाउने अवसर दिलाउन आफु र आफुसम्वद्द पार्टी सदैव लागिपरेकोले सेवा बिस्तार सम्भव भएकाे जिकिर गरेकी छिन् ।


बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले स्थानीयलाई गाउँघरमै सेवाप्रवाह गर्ने प्रतिबद्धता अनुरुप कार्यक्रम अगाडि बढाईएकाे र यसलाई पालिकाभर बिस्तार गरिने उद्घाेष गरे । गाउँपालिकाले अाधारभुत स्वास्थ्य केन्द्र जालबारीमा प्रसुती सेवा केन्द्रको उद्घाटन संगै सेवा बिस्तार गरेको छ । गाउँपालिकाले मांखा ,ब्वासे,बर्दपा र जालबारी अासपास क्षेत्रमा घरमै सुत्केरी हुने दरलाई कम गराउने उदेश्यका साथ बलेफी गाउकार्यपालिका बैठकले प्रसुती केन्द्रको सेवा सुचारू गर्ने निर्णय गरेको थियाे ।

सेवा बिस्तार भएपछि स्थानीयमा खुसी थपिएको छ । र, पहिलेको निर्णय कार्यान्वयनमा ल्याउन गाउँपालिका सफल भएकाे भन्दै मांखा बासिले स्थानीय सरकारकाे अनुभुती गर्न पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्