२०८१ श्रावण १२
                           

जलवायु परिवर्तन र विपद जोखिम न्युनिकरण सम्बन्धी राष्ट्रिय कार्यशाला

विपद्जन्य घटनाहरूबाट वर्षेनी ठुलो मात्रामा जनधनको क्षति र विकासका पुर्वाधारहरूमा नोक्सानी रोक्नका लागि तीनै तहका संयन्त्रहरुको सक्रिय भुमिका आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ४ थाङपालकोटमा मंगलबार आयोजित जलवायु परिवर्तन र विपद जोखिम न्युनिकरण स्थानिय अनुकुलन सम्बन्धी एक दिने राष्ट्रिय कार्यशालामा सहभागिले हरेक योजना बनाउँदा विपदलाई पनि जोड्न स्थानिय तहलाई आग्रह गरेका थिए ।

आर्सो नेपाल , टि जि एच, एफडिएफ, एएफडि, सिटि अफ पेरिस तथा पाँचपोखरी थाङपाल गाँउपालिकाको समन्वयमा भएको कार्यक्रममा बोल्नुहुँदै गैर सरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदीले विपद् जोखिम न्युनीकरण र व्यवस्थापनका लागि भएका नीतिगत कानुनी र संस्थागत व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न जोड दिनुभयो । हरेक तहका सरकारले आ आफ्नो स्थानबाट राम्रो प्रयास गरे पनि तिनै सरकार वीचको समन्वयात्मक एकिकृत प्रतिकार्यलाई अझै प्रभावकारी बनाउन सकिने अर्का सहभागि बक्ता राष्टिय विपद जोखिम व्यस्थापन सञ्जालका महासचिव विष्णुप्रसाद तिमल्सिनाले बताउनुभयो । विपद् बाह्रै महिना राज्यको प्राथमिकताको विषय बन्नु पर्ने सहभागीको जोड थियो ।

विपद् जोखिमलाई विकासको अभिन्न अंगको रुपमा तीनै तहका सरकारले आत्मसाथ गरी अघि बढ्नु आवश्यक रहेको गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारीले बताउनुभयो । उहाँले भुकम्प पछि आर्सो नेपाल तथा सहयोगी विदेशी संस्थाले पालिकामा गरेका कामको चर्चा गर्दै आगामी दिनमा पनि परियोजना सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले पालिकाले विपद व्यवस्थापन तथा न्युनिकरणका लागि स्रोतले भ्याए सम्म बजेट विनियोजन गरेर काम गरिरहेको बताउनुभयो । कार्यक्रममा संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्तर्गत वातावरण तथा विपद व्यवस्थापन शाखाका जयराम उप्रेतीले मन्त्रालयले स्थानिय तहसंग गर्ने सहकार्य तथा समन्वयको बारेका जानकारी गराउनुभयो ।

उहाँले नेपाल भुकम्प, बाढी, डुवान पहिरोको निकै जोखिममा रहेको बताउँदै विपद व्यवस्थापन तथा जलवायु परिवर्तनको निति तथा ऐनको सम्बन्धमा जानकारी गराउनुभयो । विपद व्यवस्थापनमा स्थानिय तहले प्राथमिकता दिनुपर्नेमा आर्सो नेपालका कार्यकारी निर्देशक जितराम तामाङले बताउनुभयो । यस्ता कार्यक्रम गाँउमानै आयोजना गर्दा अझ प्रभावकारी हुने तथा स्थानियको आवाज समेटन सजिलो हुने भएकाले कार्यशाला ग्रामिण भेगमै आयोजना गरिएको आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले जानकारी दिनुभयो ।रेडियो मेलम्ची

प्रतिक्रिया दिनुहोस्