२०८१ श्रावण १२
                           

ईन्द्रावती गा .पा .कुनामा बसेर अद्रिश्य हिसाबले काम गर्न चाहदैन : अध्यक्ष झम्कनाथ नेपाल

सिन्धुपाल्चोक , ९ जेठ
सम्झना कार्की – सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले  ईन्द्रावती  गाउँपालिकाले कुनै कुनामा ,कुनै कन्द्रर्भमा बसेर अद्रिश्य हिसाबले कुनै पनि काम नगर्ने बताउँनुभएको छ । मंलबार  वार्षिक प्रगति विवरण सार्वजनिकीकरण  तथा आगामी कार्ययोजना सम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउँनुभएको हो ।

अध्यक्ष नेपालले भन्नुभयो , ‘हामि सगँ ईमान्दारीता छ ,सत्यता छ ,कर्तव्य बोध छ ,अनुशासन छ ,पारदर्शिता छ ,यो हाम्रो पुजी हो ,यो पुजीको प्रयोग गर्न चाहन्छु । ’ ,एउटा पालिका सम्पन्न पालिका बन्न चार वटा कुराको आवश्यक पर्छ , जसमा स्रोत साधन , क्षमतावान दक्ष जनशक्ती , काम गर्न कानुन र कार्यविधि , आफुले राखेका लक्ष्य उद्देश्य ब्यवहारमा रुपान्तरण गर्न समाज र समुदायमा असल रानैतिक सस्कार सस्कृति जरुरी छ । ’

विविध विषयको ब्यवस्थापन गर्न,ईन्द्रावती  गाउँपालिकामा स्रोत र साधन भित्र्याउन लगाएत विकशित पालिका बनाउन ४९ वटा ऐन,६८ वटा नियमावली,५ वटा नीति,२७ वटा निर्देशिका जारी गरेको अध्यक्ष नेपालले जानकारी गराउँनुभयो । गाउँपालिकाले ३८ बुँदे आगामी जन अपेक्षित कार्य योजना पनि  निर्माण गरेको छ।

ssssss1684855775.jpg

विषेश गरी ईन्द्रावती  गाउँपालिकाले शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथमिकताका साथ अघि बढाएको छ ।‘टुहुरा बालबालिकासँग अध्यक्ष’ कार्यक्रम, ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम,‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रममार्फत ‘स्वास्थ्य संस्थामा अण्डा र घर घरमा झन्डा’ कार्यक्रम ल्याएको छ भने  एकल महिलालाई मात्रै होइन,एकल पुरुषलाई पनि मासिक रूपमा भत्ताको व्यवस्था गरेको छ भने ६ वटा वडालाई मकै पकेट क्षेत्र घोषणा गरेको छ  ।

यो गाउँपालिकाले वित्तीय जोखिम मुल्याकंनमा ५२ अङ्क प्राप्त गरी गत वर्षको तुलनामा उल्लेख्य सुधार गरेको छ । साथै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मुल्याकंनमा सिन्धुपाल्चोक जिल्लामै प्रथम स्थान हासिल गरेको छ ।
चालु आर्थिक वर्षमा १ किलोमिटर कालोपत्रे ४८३ मिटर सडक ढलान भएको छ ।

rrrrrrrrrrrrrr1684855754.jpg

१८ किलोमिटर ग्राभेल र ९।४ किलोमिटर पक्की नाला निर्माण गरेको छ । गाउँपालिकाले ३८२ धारा निर्माण गरी १४ वटा ट्याङ्की निर्माण सगैँ चालु आर्थिक वर्षमा ७४ प्रतिशत योजनाहरूको काम सम्पन्न गरेको छ ।

qqqqqqqqqqqqqqq1684855844.jpg

प्रतिक्रिया दिनुहोस्