२०८१ श्रावण १२
                           

वित्तीय संस्थाका कर्मचारी विजयी

जेठ १५ , गणतन्त्र दिवस २०८१ को अवसरमा निमार्णधिन मिनिरंगशालामा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चौतारास्थित वित्तीय संस्थाका कर्मचारी विजयी भएका छन् ।

कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकद्वारा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनलमा स्थानीयतहका कर्मचारीलाई हराउँदै वित्तीय कर्मचारी विजयी भएका हुन ।

चौताराको टुँडिखेलमा भएको फुटबल खेलमा वित्तीय संस्थाका कर्मचारीले २ गोल गरे । कर्मचारीले कुनै पनि गोल गर्न सकेनन् । प्रतियोगितामा ५ टीम सहभागी रहेको थियो ।

विजयी खेलाडीहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले शिल्ड र मेडल प्रदान गरे । पुरस्कार वितरण कार्यक्रम केन्द्रका अध्यक्ष विश्वनाथ काफ्लेको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्