२०८१ श्रावण १२
                           

२०८० सालको भित्तेपात्रो यही बैशाख ६ गते विमोचन हुँदै

सिन्धुपाल्चोक ,३ वैशाख
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्वारा प्रकाशित २०८० सालको भित्तेपात्रो यही बैशाख ६ गते विमोचन हुने भएको छ । नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रोको विमोचन कार्यक्रम रहेको सो समाजले जनाएको हो । गैर सरकारी संस्थाले प्रारम्भमै नयाँवर्ष २०८० सालको शुभकामना आदान(प्रदान तथा प्रकाशित क्यालेन्डरको सार्वजनिक गर्ने योजना अघि सारेको समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

अध्यक्ष न्यौपानेका अनुसार शुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजनिकीकरण कार्यक्रम यहि बैशाख ६ गते बुधबारको दिन काठमाडौ, पेप्सिकोला, खहरेस्थित सान प्याकेटमा हुने भएको छ । सुन्दर समाज निर्माणमा सामुहिक अभियान ” नाराका साथ संसारभरि छरिएर रहेका सिन्धुपाल्चोकबासीहरुलाई एकत्रित गर्दै सामाजिक सेवा र अभियानमार्फत संकटमुक्त एवं समृद्ध सिन्धुपाल्चोक निर्माणकालागि समाजले कार्ययोजनासहित विविध कार्य गर्ने समाजका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्