२०८१ श्रावण १२
                           

पाठेघर खसेका महिलाहरूको भक्तपुर अस्पतालमा निःशुल्क शल्यक्रिया हुदै

जेठ ३, भक्तपुर । पाठेघर खसेका महिलाहरूको लागि भक्तपुर अस्पतालमा निः शुल्क शल्यक्रिया हुने भएको छ । अस्पतालले बिहिबार देखि निःशुल्क शल्यक्रिया गर्न सुरु गरेको हो। भक्तपुर अस्पतालको निर्देशक सुमित्रा गौतमको नेतृत्वमा सेवा सुरु भएको अस्पतालले जनाएको छ। सेवा असार महिना सम्म सञ्चालन हुनेछ । सबै बिरामी महिलाहरूले सेवा लिएर मौकाको सदुपयोग गर्न अस्पतालले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्