२०८० चैत्र १६

चौतारामा रहेको उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौताराको चौधौ बार्षिक साधारण सभा सम्पन्न

असोज ३, उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौताराको चौधौ बार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । संस्थाले आज सोमबार श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको प्राङ्गण चौतारामा कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले नागरिकको आर्थिक सम्बृद्धिका लागी संस्थाले खेलेको भुमिकाको प्रसंशा गर्दै शेयर सदस्यहरुलाई ऋणको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले सहकारी संस्थाले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको भन्दै उद्यमशिलता मा जोड दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राम वहादुर कार्कीले अहिले सहकारीमा १७ सय ७१ शेयर सदस्यहरूबाट खरीद शेयर रकम ७ करोड ३ लाख ९५ हजार २ सय शेयर रकम रहेको बताउनुभयो । सहकारीले आर्थिक वर्ष ०७८।७९ अन्तसम्म २२ करोड १३ लाख ७० हजार ५ सय ५५ रुपैया रकम लगानीमा रहेको जनाएको छ । सहकारीमा भएको जग्गा सकारेर ७ हजार ७ सय २० नाफा समेत भएको कार्कीले बताउनुभयो । सहकारीले कारोबार नमिलाउने ३७ जनाको सदस्यता खारेज गरीएको र उनिहरुको खातामा रहेको रकमबाट सावा, ब्याज, बिलम्ब शुल्क फरफारक गरी कारोबार मिलान गरेको छ ।
यस्तै कोषाध्यक्ष ललित राणाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यो वर्ष सहकारीले आम्दानीबाट खर्च कटाएर १ करोड ८० लाख ३५ हजार ३ सय ४ रुपैया नाफा गर्न सफल भएको बताउनुभयो । यो वर्ष सहकारीले मंहगि राहत बापत हरेक शेयर सदस्यलाई ८ हजार उपलब्ध गराएको छ ।
कार्यक्रममा उपाध्यक्ष टंक कार्कीले स्वागत र सचिव संन्जीव तामाङको सञ्चालनमा भएको थियो । सहकारीको छैठौं अधिवेशनबाट अध्यक्षमा राम वहादुर कार्की ,उपाध्यक्षमा टंक कार्की र कोषाध्यक्षमा ललित राना सर्वसम्मत चयन भएका छन् भने सचिव र ७ सदस्यका लागी मतदान भएको छ । सचिवमा हालका सचिव सन्जिव तामाङ र चन्द्र वहादुर खत्री बीच प्रतिस्पर्धा छ भने ७ सदस्यको लागि १७ जनाको उम्मेदवारी परेपछि मतदान भएको हो । मतदान सकिएपछि बेलुकीबाटनै मतगणना सुरु हुने निर्वाचन मण्डलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्