नेपाल र नेपालीले आफ्नो जीबनकालमा बिभिन्न बिपत्तिहरुको सामना गदै आएको छ । ति बिपत्तिहरुलाई दुई भागमा बिभाजन गरेर बुझ्न सजिलो हुनेछ । प्रकृतिक बिपत्ति र मानब निर्मित बिपत्तिः
प्राकृतिक बिपत्ति जहाँ परापुर्बकाल देखि भुकम्प, अनाबृष्टि, अतिबृष्टि , बाढी ,पहिरो ,हिम नदी ,आदी बेहेरी,चट्याड, रोगब्यधी महामारीका रुपमा प्रकृतिको प्रहार झेल्दै आएका छ भने अर्को तर्फ मानब निर्मित बिपत्ति – राजनितिक बहिस्करण, आर्थिक अबसरमा असमान पहुच , बिभेद, स्रोत साधनमा प्रतिष्पर्धा, शाक्तिको होड, आधुनिक सैनिक गतिबिधी, हरेक बस्तुलाई युद्धको साधनको रुपमा प्रयोग गर्ने कला , जस कारण द्धन्दको श्रृृखलामा पहिलो बिश्व युद्ध, दोस्रो बिश्व युद्ध , शित युद्ध, प्रोक्सी युद्ध, राष्ट्रिय तथा अन्तराष्ट्रिय युद्ध, बिभिन्न आन्दोलन , हड्ताल, आगजानी, ध्वमसात्मक गतिबिधि जस्ता घटनाहरुको सामना गदै आएको छ ।
खास गरि नेपालको सन्दर्भमा नेपालको राजनितिक द्धन्द , हिमाली बिपद र बदलिदो भुराजनितिक शक्ति संघर्षलाई द्धन्द, शान्ति र बिकाश अध्यनको दृष्टिकोणबाट बिष्लेषण गर्ने सामान्य प्रयास गरिएको छ ।
दुई भदौले दिएको दुई फरक सन्देश
नेपालको पछिल्लो इतिहासको श्रृखलामामा २०८२ को भदौ २३ । २४ र २०८३ को भदौ १० , यसको प्रकृति फरक भए पनि गहिरो राष्ट्रिय संकटका दुई अध्यायको रुपमा प्रकट भयो ।
२०८२ भदौ २३ गते माइतिघर मण्डलाबाट सरकारको बिरोध सुरु भयो । देख्दा र सुन्दा सामान्य जस्तै लाग्ले भ्रष्टचार,सामाजिक संजाल प्रतिबन्धको बिरोध, सुशाषनको आवाज मिस्रित नारा सहित सुरु भयो । राज्य संयन्त्र देखि नागरिकको स्तर सम्मलाई लाग्यो कि यो सदा भइरहने आन्दोलन जस्तै हो । तर त्यो दिनले राज्य संयन्त्र, राजनितिक संयन्त्र हुदै सबैको अनुमान र भ्रमलाई गलत साबित गरिदियो । आन्दोलन बानेश्वर तर्फ बढ्दै जादाँ आकार बिस्तार हुदै गयो । बानेश्वर चोक सम्म पुग्दा नियन्त्रण बाहिर पुग्यो । आन्दोलनमा धेरै थरिका प्रबृत्तिहरु मिसिए । परिणाम स्वरुप रातो रंगले बानेश्वर लतपतियो । सो दिन २३ जना जेन्जी युवाहरुले ज्यान गुमाए । अबस्था दर्दनाक बन्यो ।
२४ गते बाट आक्रोष ध्वमसात्मक गतिबिधीमा परिणत भयो । बिहान देखि योजनाबद्ध अग्नि युद्धको झलक दिने दृष्यहरु देखिए । राजनितिक दलका कार्यालयहरु , दलका नेताहरुको निबास, सरकारी संरचना, प्रहरी कार्यालय, कार्यपालिका ,न्यायपालिका, ब्यबस्थापिका, राष्ट्रपति कार्यालय सबका सब डढेलो सल्के झै सल्कीयो । देशको राजधानी खरानी भयो । राज्य बिहिनताको अबस्था बन्यो । निर्बाचित प्रतिनिधी सभाको बिघटन भयो । नयाँ सरकार गठन भयो । पहिलो पटक दलाई लामाको बधाई तथा सुभकामना सन्देश प्रबाह भयो । नेपालको राजनितिक संक्रमणले नयाँ मोड लियो । ९ सेप्टेम्बर २०२५ को अन्तय सम्म कम्तीमा ७६ जनाको मृत्यु र २००० भन्दा बढि घाइते भए । खबौको क्षति भयो जो सरकारी अभिलेलखमा उल्लेख छ ।
जेन्जी आन्दोलन बिरलै घट्ने घट्ना जस्तै भयो । २ दिनमा सिंगो राज्य सत्ता खारानी भयो । कसरी सम्भब भयो यो ? देशको सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको नेपाली सेना, शशस्त्र प्रहरी , नेपाल प्रहरीले किन देश जलुन्जेल मुकदर्शक बन्यो ? शक्तिशाली राजनितिक दलको शक्ति कता हरायो ? जस्ता अनुत्तरित प्रश्नहरु उतिबेला देखिनै सतहमा छन । २ दिनमै खरानी हुने राज्य सत्ताको तागत छाम्दै लेखक, बिष्लेषक हरुले बिष्लेषण गरिरहे । भुराजनितिक प्रतिष्पर्धाको रापताप , असन्तुलित कुटनितिक यात्राको परिणति । आन्तरिक बितृष्णा त थिए नै यसै बिच अमेरिका र चीनको भुराजनितिक प्रतिष्पर्धा उत्कर्ष उन्मुख भएको बेलामा चीनको बिजय उत्सबको सैनिक परेडमा नेपालको प्रधानमन्त्री ? कुटनितिक बृतमा गरम चर्चाको बिषय बनेकै थियो । नेपालमा भुराजनितिक प्रतिष्पर्धा बिआरआई र एमसिसिको रुपमा प्रकट भैरहेकै थियो ।
त्यसको ठिक एक बर्ष पछि २०८३ भदौ १० गते नेपालले अर्को प्राकृतिको संकट सामाना गरिरहेको छ । तिब्बत नेपाल सीमा क्षेत्रमा हिमनदीको ठुलो भाग र चटान खस्दा उत्पन्न मभदचष्क ायिध र त्यसपछि आएको बिनाशकारी बाढीले अप्रत्यासित क्षति बनायो ।
यो घटनाले रसुवा , नुवाकोट, धादिङ , चितवन, तनहँु लगायतको क्षेत्रमा ठुलो क्षति पु¥यायो । रेउटरका प्रारभ्कि बिष्लेषन अनुसार हिमनदिको तल्लो भाग भत्किएर क्ष्अभ–च्यअप बखबबिलअजभ बनेको र त्यसले नदिमा अत्यन्त तीब्र मभदचष्क ायिध सृजना भएको थियो । यसको म्यधल कतचभबm अजबष्ल तल्लो तटिय भाग जो तिब्बतको उच्च हिमाली क्षेत्रबाट लेन्दी खोला, भोटेकोशी, त्रिसुली, नारायणी, गण्डकी प्रणाली रहेका छन । तिब्बतबाट करिब ५२०० मिटर उचाईमा हिम पहिरो खसेर दक्षिण तर्फको तल्लो तटिए भागमा भएका हिम तालहरु फुटाउदै आएको लेन्दी खोलाको बेगले भोटेकोशी करिडोर र आसपासको बस्ती , जलबिधुतका ड्यामहरु, भन्सार कार्यालय, ब्यबसायिक संरचना, ढुवानी साधन ,मानब संसाधन सबै क्षणभरमै ध्वस्त बनायो ।
बिना बर्षा अप्रत्यासित रुपमा सुनामी जसरी बिकराल बाढी आउनुलाई दुई परिकल्पनाको दृष्टिकोणबाट हेर्न सकिन्छ ।
१, ल्बतगचब िअबकअबमष्लन जबशबचम ः प्राकृतिक श्रृखलाबद्ध बिपद जहाँ हिम पहाड भत्कीएर हिमनदीलाई बन्द गरी निर्माण भएको हिमताल फुटेर उच्च बेगमा आएको बाढि भनेर बुझ्न सकिन्छ ।
२, म्भष्दिबचभत जथमचबगष्अि बततबअप ः नियोजित रुपमा पानी भण्डारलाई जलास्त्रको रुपमा तल्लो तटिए क्षेत्रमा सैन्य एबं रणनितिक प्रभाब श्रृजना गर्न गरिने कार्यलाई बुझिन्छ । इतिहासमा युद्धमा ड्यामलाई ध्वस्त पारेर पानीलाई रणनितिक अस्त्रकोको रुपमा प्रयोग गरिएको नजिरहरु छन । तर यो घट्नालाई त्यो नजिर हुनु मात्रैले नियोजित हो भन्ने आधार र प्रमाण भेटिदैन । यसका बारेमा थप अध्यन अनुसन्धान हुदै जाला ।
नेपालको बिससित राजनितिक घटना क्रम हेर्दा मिस्रित बिभाजित बिष्लेणहरु सुनिन्छ उत्तरी छिमेकी निकट देखिएको अघिल्लो सरकार र पश्चिम छिमेकी नजिक देखिएको अहिलेको सरकार भुराजनितिक प्रतिष्पर्धाको प्रतिक्रिया सतहमा देखिएको छ । भुराजनितिमा अत्यन्तै महत्वपुर्ण मानिएको मुस्ताङ जहाँ उच्च पदस्थ पश्चिमा छिमेकी संगको प्रधानमन्त्री बालेल शाहको संकास्पद भेट भन्ने चर्चा छापा भरि थिए । मुस्ताङ खम्पा बिद्रोहको आधार क्षेत्र पनि थियो । जसले मुस्ताङलाई आधार बनाएर तिब्बती सैन्य गतिबिधी गर्दथे । ऐतिहासिक दस्ताबेजलाई आधार मान्दा अर्को तर्फ मुस्ताङको रेन्जलाई युरेनियमको खानी भएको क्षेत्र मानिन्छ । जहाँ मुस्ताङको युरेनियम उत्खनन गर्ने काम अमेरिकालाई दिने बालेन सरकारको तयारी” जस्ता प्रचार बालेन सरकार गठन भएदेखि सतहमा थियो ।
ठिक यहि समयमा बाघ कराउनु र बाख्र्रा हराउनु भने जस्तै तिब्बती उच्च इलाका बाट बिना बर्षाको भयानक हिमाली सुनामी नेपाल तर्फ मडारिनुलाई बिभिन्न कोणबाट बिष्लेषण भइरहेको छ । असन्तुलित कुटनितिक दायराको परिणति हुनसक्ने अनुमानहरु बिस्तारीत भईरहेको छ । साथै अष्mिबतभ अजबलनभ, नयिदभि धबचmष्लन का मुल जिम्मेदार सरोकारवाला हरुको जवाफदेहिताको बहस पनि उत्तिकै तातेको छ । शक्ति राष्ट्रहरुको औद्योगिक प्रतिष्पर्धाका कारण बृद्धि भएको कार्बन उत्र्सजनको घनत्वले प्रत्यक्ष असर पारेको हिमालयन तापमान ज्ष्mबबिथबल धबचmष्लन का कारण न्बिअष्भच ष्लकतबदष्ष्तिथ बृद्धि भईरहेको छ । परिणम स्वरुप च्यअप बलम ष्अभ बखबबिलअजभ बाट हिमाली सुनामी आएको बैज्ञानिक मुल्याङ्कन छ ।
खैर यो हिमाली सुनामीले दिएको पिडा, भएको भौतिक, मानबिय क्षति , अर्थतन्त्रमा निम्तिएको संकट यसले देशलाई दशकौ पछि धकेलेको छ ।
यसरी हेर्दा एक भदौले राज्यको राजनितिक सबलता र बैधता माथि प्रश्न उठायो भने अर्को भदौले राज्यको नागरिक सुरक्षा र बिपद ब्यबस्थापनको क्षमता माथि प्रश्न गरेको छ । सरकारी तथ्याङ्क अनुसार दशौ हजार नागरिक बाढीका कारण बेपत्ता छन । हजार भन्दा बढि मृत्यु घोषण भएका छन । हजारौ आन्तरिक बिस्थापित भ्लतभचलब िम्ष्कउबिअभम भएका छन । अन्तिम तथ्याङ्क आउन अझै समय लाग्नेछ ।
–पहिलो संकट भदौ २३ र २४ को राजनितिक बिष्फोट ः
२०८२ को जेन्जी आन्दोलनलाई केबल बिदेशी प्रभाब भनेर ब्यबख्या गर्नु नेपाली समाजभित्र रहेको बास्तबि असन्तुष्टिलाई अस्वीकार गर्नु जस्तै हुनेछ । सकारात्मक होस या नकारात्मक प्रधान पक्ष आन्तरिक नै हुनेगर्दछ । पुरानो राजनितिक नेतृत्व प्रतिको बितृष्णा,सुशाषन माथिको प्रश्न , जस्ता घरेलु कारणहरु थिय ।
जेन्जी आन्दोलन पछि एक प्रश्न जन्मिएको छ – के जेन्जी आन्दोलनले सत्ता परिबर्तन ग¥यो की सत्ता परिबर्तनको अबसरलाई अन्य भित्री र बाह्य राजनितिक शक्तिहरुले उपयोग गयो ?
–दोस्रो संकट १० भदौ २०८३ को हिमाली प्राकृतिक बिपद ः
यस बर्षको बिपद् भने राजनितिक नभएर बाताबरणिय र मानबिय सुरक्षा संकटको रुपमा प्रकट भयो ।
तिब्बत तर्फको उच्च हिमाली क्षेत्रमा हिमनदीको भाग र चटानको ठुलो भाग खसेपछि लेन्दे खोला (ीजभलमभ प्जयबि० मा हिउ ,चटान ,लेदो र पानीको तीब्र प्रबाह जो न्थष्चयलन क्षेत्र हुदै नेपालको रसुवामा प्रबेश गरि भोटेकोशी र त्रिशुली नदी प्रणाली ९च्ष्खभच कथकतझ० मा फैलियो । जसले बस्ती ,सडक, पुल ,सीमा संरचना, जलबिधुत परियोजना, ब्यबपारिक संरचना, भन्सार संरचना, स्वादेशी तथा बिदेशी पर्यटन तथा तीर्थयात्री आवागमनम ठुलो क्षति बनायो ।
द्धन्दको अबधारणा ः
१, द्धन्द भनेको केबल दुई परस्पर पक्षबिचको युद्ध मात्रै होइन । आधुनिक द्धन्द अध्यनले संरचनात्मक द्धन्द ,राजनितिक बहिस्करण ,बिभेद,प्राकृतिक स्रोत साधनमा प्रतिष्पर्धा ,सैन्य प्रतिपर्धा , बाताबरणीय तनाब, जलबायु बरिबर्तन ,मानबीय असुरक्षा ,लाई पनि द्धन्दको महत्वपुर्ण स्रोतको रुपमा हेर्दछ ।
यस दृष्टिले नेपालका पछिल्ला दुई भदौलाई यसरी बुझ्न सकिन्छ ।
–२०८२ सालमा राजनितिक असन्तुष्टी, युवा आक्रोश, राज्य संगको बितृष्णा, हिंसा,आगजनी,बिध्वंस, भुराजनितिक रापताप जसले नयाँ राजनितिक संक्रमण तय ग¥यो । सत्ता बदलियो ।
–२०८३ जलबायु परिबर्तन, हिमाली प्रकृतिक अस्थिरता, हिम चटानको पतन (न्बिअष्बरिच्यअप अयििबउकभ०
म्भदचष्क ायिध, सिमापार बिपद,मानब सुरक्षा संकट , यी दुबै साझा तत्वहरु हुन ।
२, शान्तिको दृष्टिबाट हेर्दा हिंसा नहुदैमा शान्ति स्थापना भयो भन्ने मानिदैन । नेपालको शान्ति प्रक्रियाले हामीलाई एउटा महत्वपुणृर्् पाठ सिकाएको छ । नकारात्कम शान्ति ल्भनबतष्खभ एभबअभ भनेको प्रत्यक्ष हिंसा नहुनु हो । ,तर सकारात्मक शान्ति एयकष्तष्खभ एभबअभ भनेको न्याय,समानता, राजनितिक , आर्थिक, सामाजिक अबसर, जवाफदेहिता, सामाजिक बिश्वास, समाबेशिता, सुरक्षित जीबन, बिकाशको समान पहुँच, बाताबरणीय सुरक्षा ,साइबर सुरक्षा पनि हो । जसले नकारात्मक शान्तिलाई सकारात्मक शान्तिमा बदल्यो । पछिल्लो समय सकारात्मक शान्तिको अपुर्णताका कारण जेनजी आन्दोलनको उठान भयो ।
जेन्जी आन्दोलनले सकारात्मक शान्ति एयकष्तष्खभ एभबअभ को अपुर्णता प्रति प्रश्न उठायो भने भदौरे तिब्बती भेलबाढीले अर्को प्रश्न उठायो । यदि नागरिक प्रकृतिक जोखिमबाट सुरक्षित छैन भने शान्ति कति अर्थपुर्ण हुन्छ ? जहाँ प्रभाबकारी पुर्ब सुचनाको प्रसार, प्रभाबकारी पुर्ब तयारीको अभाब, जसले गम्भिर प्रश्न उठायो । यसैले मानबिय सुरक्षा ज्गmबल कभअगचष्तथ नै स्थाई शान्ति क्गकतबष्लबदभि उभबअभ को आधार हो ।
३, बिकाशको दृष्टिबाट
पुर्बाधार खडा गरिनुलाई मात्र बिकाश मानिदैन । नेपालमा बिकाशको चर्चा गर्दा सडक, पुल , जलबिधुत र ब्यबपारिक पुर्बाधारलाई प्राथामिकता दिइन्छ । तर हिमाली क्षेत्रमा एउटा महत्वपुर्ण प्रश्न छ ।
“च्भकष्ष्भिलत ष्लाचबकतचगअतगचभ” लचिलो पुर्वाधार बिना क्ष्लाचबकतचगअतगचभ मभखभयिऊभलत पुर्बाधार बिकाश कतिको दिगो हुन्छ?
२०८३ भदौ १० गतको बाढिले देखाएको छ की सीमा सडक, पुल वा जलबिधुत परियोजना नष्ट हुँदा त्यसले केबल भौतिक सम्पति मात्रै नष्ट भएन । यसले स्थानिय ,राष्ट्रिय अर्थतन्त्र, अन्तर देशिय ब्यापार,स्वदेशी बिदेशी रोजगारी, पर्यटन , राज्यको राजस्व , नागरिकको जीबन सम्म प्रत्यक्ष असर पार्दछ मात्रै हैनकी यस बाढिले त रसुवा, नुवाकोट लगाएत तटिय क्षेत्रको मानब जीबन, मानब बस्ती ,बिकाश संरचना, अर्थतन्त्र सबै समाप्त पारिदियो ।
त्यसैले यस घट्ना बाट गम्भिर शिक्षा ग्रहण गर्दाै अब बिकासको अबधारणामा पुर्वाधार ,बाताबरण संरक्षण , बिपद पुर्बतयारी, पुर्ब सुचना प्रणाली , सामुदायिक सहभागिता, सुनिश्चित हुनुपर्छ ।
नेपालको लागि तिब्बती सम्बेदनशीलता ः
तिब्बत नेपालको उत्तर तर्फको हिमाली भुभाग हो । यो केबल सीमा होइन । तिब्बत संग नेपालको साँस्कृतिक सम्बन्ध पनि परापुर्बकाल देखिनै जोडिदै आएको थियो । तिब्बत नेपाल युद्ध ,बेद्रावती सन्धीको ऐतिहासिक तथ्य पनि जोडिएको छ । प्राकृतिक रुपमा तिब्बत हिमनदिहरुको उदगम क्षेत्र हो । चीनको सुरक्षा संम्बेदनशील मानिएको क्षेत्र हो । नेपालको उत्तरी सीमा, तिब्बती क्षेत्र दक्षिण एसियाको जलबायु प्रणालीको भुल स्रोत हो । त्यसैले तिब्बत संगको सबाल नेपालका लागि केबल चीनको आन्तरिक राजनितिक बिषय मात्र होइन । यो सिमा सुरक्षा , जलस्रोत सुरक्षा, बाताबणिय सुरक्षा ,भुराजनितिक सुरक्षा संग प्रत्यक्ष रुपमा जोडिएको सघन प्रश्न पनि हो ।
यो संगै जोडिएर आउने प्रश्न रसुवा हिमबाढी प्राकृतिक बिपद हो की नयाँ भुराजनितिक जोखिम ?
अर्को प्रश्न नेपाल र चीन बिच न्बिअष्भच mयलष्तभचष्लन, ज्थमचययिनष्अब िमबतब कजबचष्लन, बलम भ्बचथि धबचलष्लन कथकतझ ब्यबस्थित थियो की थिएन ?
अर्को उब्जिएको प्रश्न सिमापार पुर्ब सुचना चीनबाट नेपाललाई कहिले उपलब्ध भयो र सिमापार कसरी आदानप्रदान भयो ?
अत्यास लाग्दो मानबिय र भौतिक क्षतिको प्रकृति हेर्दा दुई देश बिच पुर्ब सुचना उपलब्ध गराउने र ग्रहण गर्ने बिच समन्वय र सहकार्यमा गहिरो समस्या थियो भन्ने प्रष्ट हुन्छ ।
अमेरिका,चीन बिचको प्रतिष्पर्धा र नेपालको रणनितिक स्थान , अहिलेको भुराजनितिमा बिशेष अर्थ राख्दछ । यसमा प्रबिधी , ब्यापार, पुर्वाधार, कुटनिति, बिकाश सहयोग, कनेक्टिभिटि, सुरक्षा सहकार्य , र सुचना संजाल सम्बद्ध छन ।
त्यसैले नेपाल जस्ते सानो देशको चुनौति कुनै एउटा शक्ति रोज्नु होइन, आफ्नो राष्ट्रिय हित अनुसार सम्बन्ध ब्यबस्थापन गर्नु हो । बर्तमान बिश्लेषणहरुले पनि नेपालको नयाँ सरकारलाई भारत चीन र अमेरिका बिचको त्रिकोणात्मक रणनितिक प्रतिष्पर्धामा, बैदेशिक नितिको पुर्नपरिभाषित गर्नु पर्ने अबस्थामा रहेको औल्याएको छन । नेपाल बफर जोन नभएर बिशाल छिमेकी र शक्ति राष्ट्रलाई जोडने ब्रिज बन्नु पर्दछ । त्चबलकदयगलमबचथ अष्mिबतभ कभअगचष्तथ बाताबरणीय मुद्धा मात्र नभएर राष्ट्रिय सुरक्षाको बिषय बन्न पर्छ ।
त्यसैले प्राकृतिक घट्ना भुराजनितिक घटना होइन तर प्राकृतिक घटना पनि त्यसको परिणामबाट भुराजनितिक घट्ना बन्न सक्छ । अहिलेको तिब्बत बाट खसेको हिमतालको प्रकोपले बिध्वंस मच्चाएको रसुवा नुवाकोट लगायतको प्रभाबित क्षेत्रमा भुराजनितिक प्रतिष्पर्धी हर एक साथ खोज तथा उद्धार, राहत ,सहयोग उपलब्ध गराउदै मैदानमा आईपुगेको छ । महाबिपदको यस क्षणमा यो साथ अमुल्य छ । साथै भुराजनितिक प्रतिष्पर्धी हरुको औद्योगिक प्रतिष्पर्धाले बाताबरणीय बिपद भित्र भुराजनितिक परिणम समाबेश छ ।
नेपालको जोखिमहरु
मेरो बिचारमा नेपालले सबैभन्दा पहिले बाह्य षडयन्त्र खोज्नु भन्दा आफ्नो संरचनात्मक जोखिम तथा कमजोरी हेर्नु पर्छ र सुधार गर्नुपर्छ ।
नेपालका पाँच प्रमुख जोखिहहरु
१, राजनितिक जोखिम ः दलहरु प्रतिको अबिश्वास र संस्थागत बैधताको संकट बाट मुक्त हुनुपर्दछ । सर्बदलिय सहकार्य बिना हर बिपद ब्यबस्थापन असहज हुनजान्छ ।
२, भुराजनितिक जोखिम ः भारत,चीन,अमेरिका बिचको रणनितिक स्थान जहाँ सन्तुलित र सशक्त कुतनिति लागु गर्नुपर्दछ । कहिले चाइना तर्फ ढल्कने र कहिले अमेरिका तर्फ ढल्कने गर्दा नियोजित एब प्राकृतिक महाबिपद आईरहन सक्छ । उदाहरणको लागि अघिल्लो बर्ष भदौमा अग्निअस्त्र बनेर त यस बर्ष भदौमा जलास्त्र भएर बज्रियो ।
३ बाताबरणीय जोखिम ः हिमनदी,हिम पहिरो,बाढी, जलबायु परिबर्तन रोकथाममा वकालत गर्ने र बिकसित देशका कारण ग्लोबल वार्मिङ जस्ता उत्पन्न भएको समस्या र भारत, चीन, अमेरीका संग जलबायु न्याय खोज्ने र सीमापार बिपद सुरक्षालाई ब्यबस्थित गरिनुपदर्छ ।
४, बिकाश जोखिम ः जोखिम मुल्याङ्कन बिना पुर्बाधार बिस्तार हँुदा दिगो हुन सकेको छैन । कयौ बिकाश पुर्बाधारहरु समय अगाबै उपयोगहिन हुने, अलपत्र पर्ने , गुणस्तर मुल्याङ्कनमा अयोग्य साबित हुने जस्ता समस्याहरु देखिदै आएको छ ।
५, कमजोर सुचना प्रणाली ः सामाजिक संजालबाट गलत सुचना , दुस्प्रचार, भुराजनितिक भाष्यहरुको तिब्र बिस्तार उपयोग भन्दा दुुरुपयोगको समस्यालाई नियन्त्रण गरिनुपर्दछ । पुर्बसुचना प्रणालीलाई ब्यबस्थित गरिनुपर्दछ । आर्टिफिसियल इन्टिलिजेन्सको दुरुपयोग भन्दा उपयोग अधिक गरिनु पर्दछ ।
द्धन्द शान्ति र बिकाशको एकीकृत मोडेल यसलाई एउटा त्रिकोणमा बुझ्न सकिन्छ ।
–द्धन्द राजनितिक बहिष्करण,आर्थिक बिभेद, असमान पहँच, कमजोर सुशाषन, राज्यको बैधता सम्बन्धी संकट , आदी द्धन्दको मुल स्रोत हो ।
–शान्ति न्याय, पारदर्शिता, समाबेशिता, सामाजिक बिश्वास, मानबिय सुरक्ष्ााँ, पुर्बाधार बिकाश, रोजगारी, संम्पर्क संजाल, जलबायु अनुकुलता, बिपद पुर्बतयारी, आदी जसले शान्तिलाई सिंचन गर्दछ ।
यी मध्ये एउटालाई मात्र बलियो बनाएर नेपाल सुरक्षित हुदैन ।
द्धन्द बिना शान्ति कमजोर हुन्छ , शान्ति बिना बिकाश अस्थिर हुन्छ । बिकाश बिना शान्ति दिगो हुदैन ।
अब नेपालको राष्ट्रिय सुरक्षा अबधारणा परिबर्तन गर्नुपर्ने समय आएको छ ।
परम्परागत सुरक्षा मोडल सैनिक,प्रहरी,सीमाबाट अब सैनिक, मानबिय , बाताबरणीय ,साइबर सुचना सुरक्षा, आर्थिक सुरक्षा, जल सुरक्षा, बिपद सुरक्षा, मानबिय सुरक्षा तर्फ जानुपर्ने देखिन्छ ।
फेरी पनि यहि नेर दुई भदौलाई हेर्दा २०८२ को भदौले राजनितिक सुरक्षा र राष्ट्रिय सुरक्षा प्रणाली कमजोर देखायो । २०८३ भदौले बाताबरणीय तथा बिपद सुरक्षा प्रणालीको कमजोरी देखायो । दुबैलाई जोड्दा नेपालको राष्ट्रिय सुरक्षाको नयाँ परिभाषा आबश्यक हुन्छ ।
नेपालको रणनितिक बिकल्प गठबन्धन होइन, रणनितिक स्वायत्तता हुनुपर्दछ । नेपालले चीन बिरुद्ध अमेरिका वा अमेरिका बिरुद्ध चिन मध्ये एउटा रोज्ने अबस्था सिर्जना गर्नु हुदैन । कुटनितिक स्वयत्तता र सन्तुलन बिग्रदा देशले ठुलो बिपत्ति भोग्दै आएको छ ।
नेपालको दिर्घकालीन हित मुद्धामा आधारित सहकार्य, सन्तुलित कुटनिति, रणनितिक स्वायत्ततामा निर्भर छ ।
–चीनसंग सीमा,ब्यापार,सम्पर्क संजाल, बिपद समन्वय,सहकार्य,प्रबिधी आदानप्रदान जस्ता क्रियाकलापमा सहकार्य गर्नुपर्दछ ।
–अमेरिकासंग आथिक बिकाश, प्रबिधी,शिक्षा, बिपद उत्थानशीलता, लोकतान्त्रिक संस्थाहरु संग सहकार्य लाभदायक मानिन्छ ।
–भारतसंग खुला सीमा ,सामाजिक,साँस्कृतिक, आर्थिक पक्ष साथै उर्जा, ब्यापार, सम्पर्क संजाल, जलस्रोत जस्ता पक्षहरुमा सहकार्य भइरहेको छ र जारी राखिनुपर्छ । यी सबैमा नेपालको सार्बभौम राष्ट्रिय हित क्यखभचभष्नल लबतष्यलब िक्ष्लतभचभकत पहिलो आधार हुनुपर्छ ।
दुई भदौको सबै भन्दा ठुलो पाठ ः
२०८२ भदौले राज्यलाई भन्यो नागरिकको आबाज नसुन्ने,सुशाषन कायम राख्न नसक्ने, कुटनितिक सन्तुलन कायम राख्न नसक्ने राजनितिक ब्यबस्था दिर्घकालीन रुपमा सुरक्षित हुदैन र भुराजनितिको चपेटामा पर्दछ ।
२०८३ भदौले भन्यो नागरिकलाई प्राकृतिक तथा सीमापार जोखिमबाट सुरक्षित गर्न नसक्ने,पुर्ब सुचना प्रणाली भ्बचथि धबचलष्लन कथकतझ ब्यबस्थित गर्न नसक्ने, दिगो बिकाश क्षमता बृद्धि गर्न नसक्ने राज्य पनि दिगो हुदैन । जहाँ तिब्बती सुनामीले खबौको क्षति निम्त्यायो ।
त्यसैले अब नेपालको राष्ट्रिय लक्ष्य केबल राजनितिक स्थायित्वले मात्र पुग्दैन , त्यसमा सामाजिक न्याय, मानबिय सुरक्षा , जलबायु उत्थानशीलता, रणनितिक स्वायत्तता पनि जोडिनुपर्छ ।
निष्कर्ष दुई भदौ एउटै चेतावनी ।
२०८२ को भदौले सडकबाट राज्यलाई चुनौति दियो । मानब निर्मित संकट चुलियो । देश अग्निअस्त्रको सिकार भयो ।
२०८३ को भदौले हिमालबाट राज्यलाई चुनौति दियो । प्रकृतिक महाबिपत्ति प्रकट भयो । देश जलास्त्रको सिकार भयो ।
प्हिलो संकट मानब निर्मित राजनितिक द्धन्दको अभिब्यक्ति थियो । दोस्रो संकट प्रारम्भिक प्रमाण अनुसार प्राकृतिक तथा जलबायु सम्बन्धी हिमाली बिपद हो । तर दुबै संकटले नेपालको राज्य क्षमता माथि समान प्रश्न उठाएको छ ।
प्रश्नहरु आबश्यक छ तर त्यस भन्दा अगाडि हाम्रो समाज किन यति जोखिममा छ ?
हाम्रो राज्य किन पुर्बतयारीमा छैन ? हम्रो बिकाश किन लचकदार भएन ? र बदलिदो अमेरीका,चीन भुराजनितिक प्रतिष्पर्धामा हाम्रो रणनिनित स्वायत्तता कसरी जोगाउने ? भन्ने प्रश्न हुुनुपर्छ ।
नेपालको भबिष्य कुनै बाह्य शक्तिको शिबिरमा जानेमा होइन की आफ्नै राष्ट्रिय क्षमता बलियो बनाउनेमा निर्भर छ र हुनुपर्दछ ।
दुई भदौले दिएको साझा सन्देश यहि हो की राजनितिक शान्ति , मानब सुरक्षा, दिगो बिकाश, र राष्ट्रिय स्वाधिनतालाई अलग अलग बिषय होइन, एउटै राष्ट्रिय रणनितिकोे आधारका रुपमा बुझ्नु पर्ने बिषय हो ।
अन्तमा पुनः कुटनितिक र रणनितिक स्वायत्तताले नै देशको अस्वित्व रक्षा गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्