२०८१ श्रावण १२
                           

रेशम ब.कार्की सहित नेपाली काङ्ग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

सिन्धुपाल्चोक ,२४ चैत
नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक बलेफी गाउँपालिकाकाे पूर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नं ४ द्वारा आयोजित पूर्ण बैठक प्रदेश सदस्य अमृता नेपाल प्रभाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे ।

बैठकमा काङ्ग्रेसका रेशम बहादुर कार्की सहित केही व्यक्तित्वहरु नेकपा माअाेवादि केन्द्रमा प्रवेश गरेका छन् ।
कार्की २०७४ को स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेबाट उम्मेदारी दिनुहुने काङ्ग्रेसका प्रतिनिधी समेत हुनुहुन्थ्यो सङ्गै परे तामाङ्ग लगाएत उहाँको टिम नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

प्रदेश सदस्य अमृता नेपाल प्रभा , गाउँपालिका अध्यक्ष गङ्गा बहादुर तामाङले खादामाला र रातो टीका लगाइ नेकपा माअाेवादि केन्द्रमा प्रवेश गरेकाहरुलाई स्वागत गदै सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिएका छन्।

प्रतिक्रिया दिनुहोस्