२०८१ माघ २४
                           

राष्ट्रिय जनगणना २०७८ तथा स्थानीय तह निर्वाचन २०७९ को नतिजा विश्लेषण

                          आदिवासी जनजाति र सिन्धुपाल्चोक
    राष्ट्रिय जनगणना २०७८ तथा स्थानीय तह निर्वाचन २०७९ को नतिजा विश्लेषण
हर्कबहादुर तामाङ,  सिन्धुपाल्चोक-      नेपाल विविधताले युक्त मुलक हो । यहाँको बहुजातिय, बहु भाषिक, बहु साँंस्कृतिक रहनसहन तथा प्राकृतिक विविधताले यो मुलुकलाई विश्व सामु फरक र ओझपुर्ण पहिचान दिएको छ । संसारकै सर्वोच्च शिखर रहेको उच्च हिमाली श्रृंखला, हरियाली पाहाडी क्षेत्र तथा अत्यन्तै गर्मी र उर्वरभूमी तराईको समायोजन रहेको यो मुलुक आफैमा गर्विलो इतिहासका साथ उभिएको छ । राष्ट्रिय जनगणना २०७८ ले १४२ जातजाति, १२४ भाषाभाषी  १० धार्मिक समुदायको पहिचान गरेबाट यहाँको सामाजिक र साँस्कृतिक तथ्यलाई झनै बस्तुगत ढंगले उजागर गरेको छ । यी समुदायहरु विचको धार्मिक र सामाजिक सहिष्णुताले नेपाललाई विविधतामा अनुपम एकता भएको देशका रुपमा चिनाएको छ ।
पछिल्लो तथ्याँक अनुसार नेपालको कुल जनसंख्याको करीव ३७ प्रतिशत जनसंख्या आदिवासी जनजाति समुदायको देखिएको छ । संघीय गणतन्त्र नेपालको बागमति प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको हकमा पनि यहाँ को कुल जनसंख्याको ६३ प्रतिशत भन्दा बढी जनघनत्व आदिवासी जनजाति समुदायले ओगटेको छ । यस लेखमा आदिवासी जनजातिको परिचय, राष्ट्रिय जनगणना २०७८ अनुसार सिन्धुपाल्चोक जिल्लाको नतिजा विश्लेषण तथा अघिल्लो जनगणना २०६८ विचको तुलना गर्ने प्रयास गरिएको छ ।
आदिवासी जनजातिको परिचय ः
परिभाषा १ ः अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धी नं १६९ अनुसार (अन्तराष्ट्रिय परिभाषा)ः
“राष्ट्रमाथिको विजय वा त्यस्को औपनिवेशीकरण वा वर्तमान राज्य सीमा स्थापनाको समयमा त्यँहा वसोवस गर्ने वा सो राष्ट्र रहेको भौगोलिक क्षेत्रमा वसोबास गर्ने जनसंख्याबाट ओरालो लागेका तथा कुनैपनि किसिमको कानूनी स्थिति भएपनि आफ्नै सामाजिक, आर्थिक, साँस्कृतिक वा राजनीतिक संस्था मध्ये केहि वा सवै पुनः प्राप्त गरेका आधारमा आदिवासी जनजातिलाई आदिवासीका रुपमा मानिन्छ” ।
आदिवासी समुहको विशेषता ः 
 परम्परागत जीवन पद्धति भएको ।
 राष्ट्रिय समूहभन्दा पृथक सांस्कृतिक र जीवन पद्धति भएको ।
 अफ्नै प्रकारको सामाजिक संगठन, राजनैतिक संगठन भएको ।
 आफ्नो प्रकारको मौलिक प्रथा, परम्परा र परम्परागत कानून भएको ।
 कुनै निश्चित क्षेत्रमा ऐतिहासिक समयदेखि निरन्तर बसी आएको वा अतिक्रमण हुनु भन्दा पहिले सम्म बसी आएको ।
परिभाषा २ ः नेपाल आदिवासी जनजाति महासंघको विधान अनुसार (आदिवासी समुदायको परिभाषा)ः
“जनजाति भन्नाले हिन्दु बर्णाश्रम व्यवस्था भित्र नपर्ने, समानतामा आधारित, परम्परागत सामाजिक संरचना भएका जाति आदिवासी र मुलबासीलाई जनजाति भनिन्छ ।”
परिभाषा ३ ः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार (नेपाल सरकारको परिभाषा) ः
आदिवासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रितिरिवाज, छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित ईतिहास भएको अनुसूची बमोजिमको जाति वा समूदाय सम्झनु पर्छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय ऐन अनुसार नेपालमा ५९ वटा आदिवासी जनजातिहरुको सुचिकरण भएको देखिन्छ । जसलाई निम्नअनुसार बर्गिकरण गरिएको छ ।
तालिका नं १ ः नेपालका आदिवासी जनजातिहरुको सुची
सि.नं. वर्गिकृत समुह संख्या जातिहरु
१ विकसित समुह २ नेवार, थकाली
२ सुविधाबाट बन्चित समुह १५ छैरोतन, मर्फाली, लिम्वु, जिरेल, थाङवे, गुरुङ, शेर्पा, व्यासी, तीनगाउले, मगर, याक्खा, ह्योल्मो, बाह्रगाउले, राई, छन्तयाल
३ सिमान्तकृत समुह २० सुनुवार, राजवंशी, ताजपुरिया, मुगाली, थारु, गनगाई, पहरी, लार्के, तामाङ, धिमाल, ताप्केगोला, ल्होपा, भुजेल, भोटे, डोल्पो, दुरा, कुमाल, दराई, फ्री, वालुङ
४ अति सिमान्तकृत समुह १२ माझी, थुदाम, सन्थाल, बोटे, शियार, धानुक, झाँगड, दनुवार, ल्होमी, चेपाङ, थामी, बरामु
५ लोपोन्मुख समुह १० कुसुण्डा, सुरेल, किसान, कुशबडिया, वनकरिया, हायु, लेप्चा, राउटे, राजी, मेचे
राष्टिय जनगणना २०७८ को विश्लेषण 
नेपालको जनसंख्या तथा घरधुरी ः
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २९१९२४८० रहेको र यसमा महिला १४९०११६९ र पुरुष १४२९१३११ जना रहेको देखिन्छ । यस तथ्याँक अनुसार नेपालमा महिला ५१.०४% र पुरुष ४८.९६% को जनघनत्व रहेका छन भने लैगिक अनुपात ९५.९१ देखिन्छ । कुल ५६४३९४५ घरधुरी रहेको नेपालको औषत परिवार संख्या ४.३२ रहेको छ ।
यस तथ्याँक अनुसार २०६८ देखी २०७८ को १० बर्षको अवधिमा कुल २१६६४३ घरधुरीहरु थप भएका छन भने २६९७९७६ जनसंख्या बृद्धि भएको देखिन्छ । औषत परिवार संख्या ०.५६ ले घटेको छ भने लैंगिक अनुपात १.७५ ले बढेको देखिन्छ ।
सिन्धुपाल्चोक जिल्लाको जनसंख्या तथा घरधुरी ः
राष्ट्रिय जनगणना २०७८ अनुसार सिन्धुपाल्चोक जिल्लाको कुल जनसंख्या २६२६२४ रहेको र यसमा महिला १३३४१९ र पुरुष १२९२०५ जना रहेको देखिन्छ । यस जिल्लामा महिला ५१.% र पुरुष ४९% रहेका छन । जसको लैगिक अनुपात ९६.९६ देखिन्छ । कुल ६९७५१ घरधुरी रहेको यस जिल्लाको औषत परिवार संख्या ३.६ रहेको छ ।
सिन्धुपाल्चोक जिल्लामा १० बर्षको अवधिमा कुल ३०६३ घरधुरीहरु थप भएका छन भने २५१७४ जनसंख्या घटेको देखिन्छ । औषत परिवार संख्या ०.७२ ले घटेको छ भने लैंगिक अनुपात ४.३८ ले बढेको देखिन्छ ।
सिन्धुपाल्चोक जिल्लाको धार्मिक समुदाय ः
२०७८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लामा ७ वटा धर्माबलम्बीहरुको पहिचान भएको छ ।  जसमा ५४.१७% हिन्दू, ४१.४१% बौद्ध, २.४९% क्रिश्चियन, १.१३% किराँत, ०.५८% प्रकृति, ०.१९% बोन र ०.०४% इस्लाम धर्मावलम्बीहरू रहेका छन् । यस अघि २०६८ को जनगणनाले ११ वटा धार्मिक समुदायको पहिचान गरेको थियो ।
(श्रोत ः तथ्याँक विभाग, राष्ट्रिय जनगणना २०७८)
यस तथ्याँक अनुसार सिन्धुपाल्चोकमा हिन्दु धर्माबलम्बीहरु ४.८१ प्रतिशत र प्रकृति धर्माबलम्बी ०.५० प्रतिशतले घटेको देखिन्छ भने बौद्ध धर्माबलम्बीहरु ३.४५ प्रतिशत, किराँत १.१२ प्रतिशत, क्रिश्चियन ०.६५ प्रतिशत, बोन ०.१९ र इस्लाम ०.०३ प्रतिशतले बढेको देखिन्छ ।
सिन्धुपाल्चोक जिल्लाको जातिय तथा लिंगगत जनसंख्या ः
राष्ट्रिय जनगणना २०७८ अनुसार सिन्धुपाल्चोक जिल्लाको जातिगत नक्शामा कुल ४७ जातिय समुदाय पहिचान गरिएको छ । जसमध्ये तामाङ (३६.८२%), क्षेत्री (१६.९३%), नेवार (९.८८%), व्राह्मण (८.४६%) र विश्वकर्मा ३.६३% ले शीर्षस्थ पाँच स्थान ओगटेका छन । त्यस्तै शेर्पा (३.५८%), दशनामी÷सन्यासी (३.१७%) माझी (२.७५%), थामी (२.०९%), परियार (१.९६%) मगर (१.७५%), मिजार (१.७३%), ह्योल्मो (१.५०%), दनुवार (१.३०%), ले जिल्लाको कुल जनसंख्या मध्ये १ प्रतिशत भन्दा बढि जनघनत्व ओगटेका छन । यस बाहेक बाँकी ३४ जातिय समुदायले (४.४४%) जनघनत्व ओगटेका छन ।
(श्रोत ः तथ्याँक विभाग, राष्ट्रिय जनगणना २०७८)
उल्लेखित तथ्याँक अनुसार तामाङ को जनघनत्व २.५७ प्रतिशतले बढेको देखिन्छ । त्यसै गरी शेर्पा ०.९५ प्रतिशत, माझी ०.४६, थामी ०.३९, मिजार ०.२०, परियार ०.०६, मगर ०.०४ र दनुवार ०.०४ प्रतिशतले बढेको देखिन्छ । ब्राह्मण १.८७, क्षेत्री १.३०, नेवार १.२३, सन्यासी दशनामी ०.४५, विश्वकर्मा ०.२५ र ह्योल्मो ०.१९ प्रतिशतले जनघनत्व घटेको देखिन्छ ।
सिन्धुपाल्चोक जिल्लाको समुदायगत÷जातिगत जनसंख्या ः
वि.सं. २०७८ को जनगणनाले जिल्लामा पहिचान भएका जम्मा ४७ जातजातिहरूको उपस्थिति देखाउँछ । यीमध्ये दलित ५.६२% आदिवासी जनजाति ६३.२८%, अन्य (बाहुन, क्षेत्री, ठकुरी,) २७.६१%, सन्यासी दशनामी ३.१७%, मधेसी ०.०९% , मुसलमान ०.०२% र पहिचान नखुलेका ०.२०% रहेका छन् ।
(श्रोत ः तथ्याँक विभाग, राष्ट्रिय जनगणना २०७८)
यस १० बर्षको अवधिमा सिन्धुपाल्चोक जिल्लामा दलितको जनघनत्व १.८७ प्रतिशतले घटेको देखिन्छ भने बाहुन क्षेत्री ठकुरी को १.२४ प्रतिशत, सन्यासी दशनामीको ०.४५ प्रतिशत र मधेसीको ०.०३ प्रतिशतले घटेको देखिन्छ भने आदिवासी जनजाति समुदाय तर्फ ३.४७ प्रतिशत र मुसलमान समुदायको ०.०२ प्रतिशतले जनघनत्व बढेको देखिन्छ ।
सिन्धुपाल्चोक जिल्लाको भाषागत तथा लिंगगत जनसंख्या ः
जिल्लाको भाषिक मानचित्रमा नेपाली मातृभाषा बोल्नेहरू ४७.४७%, तामाङ बोल्नेहरू ३५.६०%, नेवारी बोल्नेहरू ६.३०%, शेर्पा भाषीहरू ३.५९%, ह्योल्मो बोल्नेहरू १.५८%, दनुवार १.०९% र थामी १.७९% देखिन्छन् । यस बाहेक १% भन्दा कमले बोल्ने भाषाहरुको संख्या २३ वटा रहेको छ भने यसको घनत्व २.५८% रहेको छ । जसलाई तालिकामा निम्नानुसार देखाईएको छ ।
(श्रोत ः तथ्याँक विभाग, राष्ट्रिय जनगणना २०७८)
सिन्धुपाल्चोक जिल्लामा १० बर्षको अवधिमा नेपाली मातृभाषा बोल्ने समुदायको जनघनत्व ५.९४ प्रतिशतले घटेको देखिन्छ । त्यसैगरी दनुवारको ०.१२ र ह्योल्मोको ०.०८ प्रतिशतले घटेको देखिन्छ । तामाङ मातृभाषी समुदायको जनघनत्व ३.०१ प्रतिशत, नेवारी समुदायको ०.३९ प्रतिशत, शेर्पा समुदायको ०.९२ प्रतिशत र थामी समुदायको ०.६५ प्रतिशतले जनघनत्व बढेको देखिन्छ ।
स्थानीय सत्तामा आदिवासी जनजाति ः
आदिवासी जनजातिहरुको आफ्नै परम्परागत संगठन र कानुन हुन्छ । वर्तमान राज्य सत्ताको स्थापना हुनु पुुर्वदेखीनै उनीहरुले आफ्नो समुदायको लागि आवश्यक पर्ने नीति नियम आफै बनाएर स्वशासनको अभ्यास गरिरहेका छन । आदिवासी संस्कार र संस्कृतिमाथि राज्य सत्ताले विभेदकारी नीतिका साथ दमन गरेपछि उनीहरुको परम्परागत संगठन केवल साँस्कृतिक रुपमा मात्र सिमित हुन पुग्यो । अद्यपी कतिपय सामाजिक तथा साँस्कृतिक कार्यमा आदिवासी जनाजातिहरुको परम्परागत संगठनको अपरिहार्य भूमिका रहिआएको छ ।
नेपालमा एकिकृत र केन्द्रिकृत राज्य सत्ताले शासनको बागडोर समाले देखीनै जवरजस्त रुपमा आदिवासी जनाजतिहरुको स्वायत्तता मासिदै गयो र बाध्यकारी रुपमा केन्द्रिय शासनको मताहतमा समाहित गर्ने कार्य भयो । कालन्तरमा यी परम्परागत सत्ताहरुको प्रभाव वर्तमान स्थानीय सत्ताको रुपमा समाहित हुन गयो । नेपालको संविधान २०७२ बमोजिम नेपालमा संघीय, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था भई कार्यान्वयनमा आएको छ । जसमध्ये सिन्धुपाल्चोक जिल्लाको स्थानीय तहको सरकारमा आदिवासी जनाजातिहरुको प्रतिनिधित्व के कस्तो रह्यो भन्ने विषयमा संक्षिप्त चर्चा गर्न खोजिएको छ ।
स्थानीय सरकार जनताको घर आँगनको सरकार हो । जसले जनताको दैनानुदिनको सरोकारको विषयमा गम्भिर सरोकार राख्दछ । यसको साथसाथै स्थानीय विकास, संस्कार, धर्म, संस्कृति, जातिय तथा सांस्कतिक पहिचान आदिको उत्थान र विकासमा नजिकैबाट अमुल्य योगदान पु¥याउन सक्दछ । सिन्धुपाल्चोक जिल्लाको कुल १२ वटा स्थानीय तहमध्ये २०७९ को स्थानीय तहको निर्वाचनमा ७ वटामा आदिवासी जनजाति समुदायको मेयर वा अध्यक्ष निर्वाचित भएका छन । यसको घनत्व ५८ प्रतिशत हुन आउछ । त्यसै गरी ८ वटा स्थानीय तहमा उपमेयर वा उपाध्यक्ष निर्वाचित भएका छन ।
यसको घनत्व ६६ प्रतिशत हुन आउछ । कुल १०३ वटा वडा मध्ये ६२ वटाको वडाध्यक्षमा आदिवासी जनजाति निर्वाचित भएका छन भने यसको घनत्व ६० प्रतिशत हुन आउछ । अघिल्लो स्थानीय तह निर्वाचन २०७४ मा कुल १२ वटा स्थानीय तह मध्ये मेयर वा अध्यक्ष तर्फ ७ वटा (५८ प्रतिशत), उपमेयर वा उपाध्यक्ष तर्फ ६ वटा (५० प्रतिशत) र कुल १०३ वडा मध्ये वडाध्यक्ष तर्फ ६७ वडा (६५ प्रतिशत) निर्वाचित भएका थिए । यसरी हेर्दा दुई वटा निर्वाचनको तुलना गर्दा मेयर वा अध्यक्ष तर्फ यथास्थिती कायम रही उपमेयर वा उपाध्यक्ष तर्फ २ वटा थप गर्नुका साथै वडाध्यक्ष तर्फ ५ वटा वडाहरुमा आदिवासी जनाजतिको प्रतिनिधित्वबाट गुम्न गएको देखिन्छ ।
तालिका नं ९ ः सिन्धुपाल्चोक जिल्लाका निर्वाचित जनप्रतिनिधीहरु २०७९ (मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष)
सि.न. नपा÷ गापा मेयर वा अध्यक्ष उपमेयर÷ उपाध्यक्ष वडाध्यक्ष
१ चौतारा साँगाचोकगढी नपा कृष्ण प्रसाद सापकोटा सीता थापा युवलाल श्रेष्ठ सुदिप श्रेष्ठ टेकबहादुर तामाङ कुमार शर्मा शिब श्रेष्ठ हेमबहादुर तामाङ डम्बर बहादुर तामाङ अमृत दंगाल बिमल श्रेष्ठ निलबहादुर तामाङ रोशनराज गिरी दिपेन्द्र नेपाल रामप्रसाद गौतम उद्धव नेपाल
२मेलम्ची नपाआईतमान तामाङउमा प्रधानकृष्ण मुरारी चौलागाईनागेन्द्र प्रसाद खतिवडाकुमार बन्जरासन्जीव तामाङराजु रायमाझीप्रेम बहादुर तामाङपासाङ तामाङजीतबहादुर तामाङकिरणदीप खड्काअमृत खनालचन्द्रबहादुर तामाङगणेश तामाङश्रीराम घोरसाइनी
३बाह्रविसे नपाबालकृष्ण बस्नेतमन्जु तामाङआङदोर्जे शेर्पारेशमबहादर तामाङजीवन भण्डारीशेखर भण्डारीश्यामबहादुर तामाङकुलबहादुर श्रेष्ठङिमा शेर्पाविमल पौडेलकृष्णबहादुर राय
४हेलम्बु गापानिमाग्याल्जेन लामाअप्सरा लम्साल लामीछानेदावा ग्याल्जेन लामापेम्बा लामादिपक खड्काबुद्धिमान तामाङदिप कुमार लामासन्चमान तामाङनिलबहादुर खड्का
५पाँचपोखरी थाङपाल गापाटासी लामासुनिता अधिकारीआलोक कुमार स्याङबोबाबुलाल स्याङबोनिमाछिरिङ तामाङकुलबहादुर बस्नेतकाले गोलेनारायण भट्टराईसुके तामाङविष्णु खड्का
६इन्द्रावती गापाझम्कनाथ नेपालशोभना तामाङचिनलाल तामाङश्याम बहादुर गिरीभिमसेन थापाक्षेत्र बहादुर तामाङशसिनाथ आचार्यइन्द्रबहादुर तामाङरबिन्द्र कुुमार खातीडिलबहादुर श्रेष्ठबाबुराम लामारामचन्द्र घिमिरेरामजी माझीसुरेन्द्र दनुवार
७जुगल गापारेशम स्याङबोहिमाल कुमार श्रेष्ठजनक लामाचन्द्रकाजी लामालक्ष्मण दोङप्रेम तामाङरबिन्द्र घिमिरेटंक बहादुर तामाङरबि लामा
८बलेफी गापागंगा बहादुर तामाङसरु लामा तामाङहुप बहादुर खड्काछबिलाल न्यौपानेरितेश तामाङसुर्जे तामाङयादव ठकुरीतेजबहादुर पराजुलीगृविन्द चौलागाईरमेश श्रेष्ठ
९सुनकोशी गापाटपिन्द्र तिमल्सिनाकान्छीमाया तामाङकुमार शाहीपुर्ण बहादुर महतइश्वर तामाङभोजलाल श्रेष्ठजालबहादुर लामाचक्रबहादुर बस्नेतइश्वर तिमल्सिनिा
१०त्रिपुरासुन्दरी गापाभक्तध्वज बोहरागीताकुमारी नेपालसिताराम थापारमेश राउतशिबकुमार कार्कीटेक बहादुर गुभाजुुयादव श्रेष्ठरमेश बोहरा
११लिसंखु पाखर गापाराजु लामामिठुदेवी लामापसाङ लाल तामाङविजय योन्जनमानबहादुर तामाङभक्तबहादुर श्रेष्ठतिलक बहादुर श्रेष्ठदानबहादुर तामाङदिनेशकुमार लामा
१२भोटेकोशी गापापासाङ नुर्वु शेर्पादिछेन शेर्पासाङबु लामाकुमार श्रेष्ठनिमा सोना शेर्पाटासी शेर्पादावा तेम्बा तामाङ
राष्ट्रिय जनगणना २०७८ को तथ्याँक अनुसार जिल्लाको कुल जनसंख्याको ६३.२८ प्रतिशत जनघनत्व ओगट्ने आदिवासी समुदायबाट यो परिमाणमा निर्वाचित हुनु भनेको समानुपातिक प्रतिनिधित्वको हिसावले पनि न्यायोचित नै देखिन्छ । यो नतिजाले के बताउदछ भने सिन्धुपाल्चोक जिल्लाको स्थानीय तहको राज्य सत्तामा आदिवासी जनजातिको पहँुच उल्लेख्य रुपमा स्थापित छ । यद्यपी वडाध्यक्ष जस्तो कार्यकारी पदमा प्रतिनिधित्व घट्दै जानु भनेको चाँही राम्रो संकेत पक्कै होइन । वर्तमान नतिजालाई हेर्ने हो भने आफ्नो समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व गराउन आदिवासी जनजाति समुदायको तर्फबाट गरिएको योगदान यथेष्ट देखिन्छ । उनीहरुले आफ्नो माग र सवालको सुनुवाईको लागि पर्याप्त मात्रमा आफ्ना प्रतिनिधीहरुलाई निर्वाचित गरेर पठाएका छन ।
अझै पनि आदिवासी जनजातिको सवालमा स्थानीय सरकार अनविज्ञ रहनु वा यस प्रति प्राथमिकताका साथ नीति, कार्यक्रम र वजेट विनियोजन भएन भने यो आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरुको असक्षमता, कार्यकुशलताको कमी वा समुदायप्रतिको उत्तरदायित्वबाट विमुख भएको भन्ने अर्थ लगाउन सकिन्छ । इतिहासको कालखण्डमा लामो समय सम्म बन्चितिकरणमा परेका समुदायको उत्थान गर्दै आत्मसम्मान र गौरवका साथ विकास प्रकृयामा मुलप्रवाहीकरण गर्न स्थानीय सरकारले महत्वपुर्ण भुमिका खेल्न सक्दछ र यस कार्यमा आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरुको भूमिका भने आधारभुत कर्तव्य नै हो जस्तो लाग्छ । लामो समयदेखी राज्यको विभेदकारी नीतिका कारण चरम दमन र शोषणमा परेर उत्पीडनको सिकार भएका आदिवासी जनजातिहरुको विकासका लागि अझै केही समय विशेष कार्यक्रमहरु संचालन गर्नुपर्ने आबश्यक छ ।
खासगरी आदिवासीय पहिचानको संरक्षण, निर्णायक तहमा प्रतिनिधित्व र पहुँच स्थापनाका लागि उनीहरुको क्षमता विकास तर्फ स्थानीय सरकारले जोड दिनै पर्दछ । यसबाहेक यस समुदायको शिक्षा, स्वास्थ्य र जिविकोपार्जन सुधारको लागि आर्थिक, सामाजिक साँस्कृतिक विकासको क्षेत्रमा प्राथमकिताका साथ कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता छ । आदिवासी जनाजति समुदाय लामो समयदेखी राज्यबाट उत्पीडनको सिकार भएकै कारण उनीहरुको आत्मसम्मान माथि उठ्न सकेको छैन । खासगरी उनीहरुको आत्मसम्मान बृद्धि र विकासमा राज्यका कार्यक्रमहरु केन्द्रित हुनुपर्दछ । आदिवासी समुदायको सवालको सही रुपमा उठान तथा सम्बोधनको लागि आदिवासी समुदायमा चेतनाको विकास गर्दै नेतृत्व तहमा स्थापित गर्न जसको सवाल उसको अगुवाई भन्ने नारालाई सार्थक बनाइनु पर्दछ । स्थानीय शान्ति प्रवद्र्धन तथा आपसी सहिष्णुता कायम राख्न भेदभाव रहित समाजको सिर्जना गर्दै सहकार्य र सहअस्तित्वमा जोड दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्