२०८१ श्रावण १२
                           

लिसंखुपाखर गाउँपालिकामा नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु भएको छ । पालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटबाट लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो ।

युवालाई सरकारी सेवा प्रवेशका लागि घरैमा बसेर गाउँमै तयारी गर्ने अवसर दिलाउन लोकसेवा कक्षा सुरु गरिएको गाउँपालिका अध्यक्ष राजु लामाले बताए । अध्यक्ष लामाले लोकसेवाको पाठ्यपुस्तक वितरण गर्दै कक्षालाई थप प्रभाबकारी र व्यवस्थित बनाउन निर्देशन र हौसला दिएका छन् । सरकारी सेवा प्रवेशमा पालिकाबासी युवालाई प्रोत्साहन गरिएको अध्यक्ष लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्