२०८१ जेष्ठ ५

बजार क्षेत्रको ५२ वटा पसलको गरियो अनुगमन

चौतारा ,१५ चैत
सिन्धुपाल्चोकको चौतारा क्षेत्रमा बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा नियम विपरित व्यवसाय सञ्चालन गरेका ३ वटा पसललाई २५ हजार जरिवाना गरिएको छ ।जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल उपभोक्ता महासंघको संयुक्त टोलीले मंगलबार विभिन्न समूह बनाई बजारक्षेत्रका खाद्यान्न, होटल, हार्डवेयर, औषधी, डेरी, मासुजन्य पसलहरुमा अनुगमन गरिएको हो ।

बजार क्षेत्रको ५२ वटा पसलमा गरिएको अनुगमन गरिएको छ। चौतारा बजारदेखि इर्खु बजारसम्म गरिएको अनुगमनको क्रममा भेटिएको म्याद सकिएको समाग्री जफत गरिएको छ । बजार अनुगमनको क्रममा ३ हजार रुपैंया बराबरको म्याद सकिएको समाग्री जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख विश्वनाथ काफ्लेले बताए । अनुगमन गर्दा स्टिकर नभएको बेकरी सामग्री, पानीपुरीको मसला, चाउचाउ, विस्कुट, पेयपदार्थलगायतको सामग्री भेटिएको काफ्लेले बताउनुभयो । अर्को पटकको अनुगमन हुँदा यस्ता क्रियाकलाप नदोहोर्याउन चेतावनी दिदै व्यवसायीले मपदण्डको पालना नगरे, अखाद्य वस्तु बिक्रि वितरण गरे कारबाहीको दायरामा ल्याउने जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताउँनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्