२०८१ श्रावण १२
                           

ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कदमबासमा, २ सय ५० जनाले लिए सेवा

सिन्धुपाल्चोक,१७ माघ
सम्झना कार्की -चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम जारी रहेको छ । नगर प्रमुख कृष्णप्रसाद सापकोटाको उपस्थीतिमै सबै वडामा यो शिविर सञ्चालन भईरहेको छ ।

नगर स्वास्थ शाखा प्रमुख शिव पुरीका अनुसार मंलबार वडा नम्बर – ९ कदमबासमा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको छ । उक्त कार्यक्रमबाट २ सय ५० जनाले सेवा लिएका छन् । जसमा सेवा लिनेहरुमा आँखा परीक्षणका २ सय ७ जना , ४ जना मोतियाविन्दु भएका , २ सय ३५ रक्त परीक्षण गरिएको छ भने ९ जनाको सुगर बढेको पाईएको छ ।

२ जनामा क्षयरोगको शंकास्पद बिरामी छन् भने २६ जना उच्च रक्त चाप भएका बिरामी रहेका थिए । ९ जना गर्भवती महिलाको भिडियो ह–चबथ– गरिएको छ । उक्त कार्यक्रममो जनप्रतिनिधि, डाक्टर, स्वास्थ्यकर्मी, चौतारा आँखा केन्द्रको टिम, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू,पत्रकार लगाएत व्यतिmत्वहरुको उपस्थीतिमा शिविर सञ्चालन गरिएको हो ।

सोहि कार्यक्रम माघ १८ गते वडा नम्बर –६ पिपलडाँडामा र १९ गते वडा नम्बर –५ चौतारामा हुने स्वास्थ शाखा प्रमुख शिव पुरीले बताउँनुभयो । नगरको जेष्ठ नागरिक क्लिनिक कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरको यो कार्यक्रममा स्थानीय खुसि हुनुका साथै धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्