२०८० चैत्र १६

पर्यटकीय क्षेत्र चिसापानीमा पर्यटन पत्रकारीता तालिम सुरु

चाैतारा ,१० चैत
सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमामा पर्ने पर्यटकीय क्षेत्र चिसापानीमा पर्यटन पत्रकारीता तालिम सुरु भएको छ ।  पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने हेतुले नेपाल पत्रकार महासंघ बागमति प्रदेश समितिको आयोजनामा दुई दिने पर्यटन पत्रकारिता तालिम शुक्रबारबाट सुरु भएको हो ।

तालिमकाे नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष पोखरेलले नेपालको पर्यटकीय संभावनाहरुलाई उजागर गर्दे पर्यटन क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा रुपान्तरण गर्न संचार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्