२०८१ श्रावण १२
                           

प्रहरीले गर्यो जनप्रतिनिधि,व्यवसायी र स्थानीय नागरिकसगँ अन्तरक्रिया कार्यक्रम

सिन्धुपाल्चोक ,७ माघ
सम्झना कार्की- ईलाका प्रहरी कार्यलय ,मेलम्ची सिन्धुपाल्चोकको आयोजनामा समुदाय प्रहरी साझेदारी विषय जनप्रतिनिधि ,व्यवसायी तथा स्थानीय नागरिकसगँ अन्तरक्रिया कार्यक्रम गरिएको छ । आईतबार मेलम्चीमा प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उपस्थीतिहरुले नागरिकता बनाउँन झन्झट दुख दिने गरेको , मालपोत नापी कार्यलयमा सेवाग्राहीलाई दुख दिने गरेको ,एक वर्षदेखि चोरीका घट्ना भईरहदा सो  घट्नामा संलग्न व्यतिm पत्ता लगाउँन प्रहरी असफल भएको गुनासो सुनाएका थिए । यस्तै जन्म दर्ता र विवाह दर्ता गर्दा प्रतिनिधिहरुले ध्यान दिनुपर्ने ,बाढीले बगाएको संरचनाको व्यवस्थापन गर्नुपर्ने लगायतका सुझाव समेत  दिएका थिए  ।

 

उक्त कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यलयका प्रमुख तथा एसपी बाल नरसिंह राणाले  सुरक्षाको सबै जिम्मेवारी प्रहरीले मात्रै लिन नसक्ने बताउँनुभयो । आम नागरिकको सुरक्षामा सबैले हातेमालो गदै साथसहयोग गर्नुपर्ने एसपी राणाको भनाई छ । रात दिन नभनी सदैब प्रहरीले नागरीकको सुरक्षा दिईरहेको उहाँले बताउँनुभयो । सगैँ समाजमा हुने हरेक गतिविधि, अपराध नियन्त्रण लगायतका कार्यहरुमा प्रहरीले सकृय भूमिका खेल्दै आएको तथा भावी दिनहरुमा पनि अझ सशक्त रुपमा अगाडी बढ्ने प्रतिवद्धता जाहेर गर्र्नुभएको छ ।

viber_image_2024-01-21_20-40-40-6961705849055.jpg

यस्तै प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यले सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने बताउँनुभयो । आफुले नागरिकता र पासपोर्ट लगायतका काममा सहज ढंगले सेवा दिने गरी कार्यलयलाई व्यवस्थीत गरिदिने प्रतिवद्धता जनाउँनुभएको छ ।  प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य,मेलम्ची नगरपालिका उपमेयर उमा प्रधान, कार्यालय प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा, राष्ट्रिय अनुसन्धान कार्यालय सि.पा. का प्रमुख (अनुसन्धान निर्देशक सुदिप अधिकारी, स्थानिय सुरक्षा निकायका प्रमुखहरु, स्थानिय जनप्रतिनिधिहरु, व्यावसायीहरु, बिभिन्न संघ(संस्थाका प्रतिनिधीहरु, भद्रभलादमी बुद्दिजिबिहरु, पत्रकार तथा स्थानिय नागरिकहरु समेतको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
viber_image_2024-01-21_20-41-50-2811705849081.jpg

प्रतिक्रिया दिनुहोस्